अविरल थापाका लेखहरु

आहै ! झिलीमिली

अविरल थापा, कार्तिक १८, २०७५

अझ पहिले–पहिले त श्रीमतीलाई समेत जुवाको खालमा थापेर हारजित भएको कथा सुन्दा त्यति बेलाको मानवता र सभ्यता कस्तो थियो भनेर आश्चर्यभकित भइन्छ । यो समयमा युवाहरू अनियन्त्रित तवरले मदिरामा डुब्दा, होहल्ला र झगडामा उत्रिँदा गम्भीर प्रकारका हिंसासमेत भएका छन् ।
पुरा पढ्नुहोस्

छायाँ संसार

अविरल थापा, कार्तिक १२, २०७५

कसले कुन प्रयोजनका लागि चलाएको छ, कसले सदुपयोग गरेको छ, कसले दुरुपयोग गरेको छ, त्यहीअनुसार फल पाएको छ । सामाजिक अभियान चलाउन र छिटो सन्देश प्रवाह गराउन यो संसारभर प्रभावकारी पाइएको छ । हाल चलिरहेको मि टु अभियानले ठूलो हलचल पैदा गरिरहेको छ ।
पुरा पढ्नुहोस्
दसैंमा दक्षिणा लिनेलाई त मज्जै आउँछ तर दिनेलाई कसरी पुर्‍याउने भन्ने पिरलो हुन्छ । हुनेलाई त भएको अलिअलि बाँड्दा खासै फरक नपर्ला तर नहुनेलाई र धेरै आफन्त तथा इष्टमित्र भएकाहरूलाई मार पर्छ । अर्को खट्किने कुरा दक्षिणा दिनेले पनि टीका थाप्नेको हैसियत हेरेर दक्षिणा दिन्छन् । ठूलो पद र धनी मानिस छ भने उसैले धेरै दक्षिणा पाउँछ नहुनेले अलि कम पाउँछ ।
पुरा पढ्नुहोस्
इन्टरनेटको जमाना छ । अभिभावकले पनि सजिलो हुन्छ भनेर उमेर नपुग्दै छोराछोरीको हातमा मोबाइल, ल्यापटप आदि थमाइदिएका छन् । आफूलाई झिझो पनि नलाउने छोराछोरी पनि भुलिने भनेर यो सजिलो माध्यम जो–कसैले अपनाएको पाइन्छ । यद्यपि छोराछोरी त्यसमा के गर्दैछन्, के हेर्दैछन्, के सिक्दैछन्, कोसँग संगत गर्दैछन् अभिभावकहरूलाई पत्तो हुँदैन । समस्या परिसकेपछि बल्ल होस आउँछ ।
पुरा पढ्नुहोस्
मानिसको यौनचाहना कुनै कानुनको दफा र धारा लगाएर रोक्न सकिने कुरा होइन । हाम्रो समाजमा बेलाबखत यौनकर्म भनेको विवाहितले मात्र गर्ने कुरा हो भन्ने पाखण्ड पनि देखिन्छ । विज्ञानका अनुसार पनि सामान्यत: १४ वर्ष भएपछि कुनै पनि केटा वा केटीमा यौनचाहनाको प्रारम्भ हुन्छ र एक–अर्काप्रति आकर्षण पैदा हुन थाल्छ ।
पुरा पढ्नुहोस्
सम्बन्ध यति विकृत भैसक्यो कि को असल नियतले आएको छ, को खराब नियतले ? छुट्याउनै मुस्किल पर्छ । हेर्दा सोझा देखिनेहरूको मन कति टेढो र अनुहार गोरा भएकाहरूको मन कति कालो छ ? जो–कसैले छुट्याउन सक्दैनन् । प्रेममा चुर्लुम्म डुबेको कुनै प्रेमीकी प्रेमिकालाई ग्रिनकार्डधारी वा पी.आर.धारीले टप्काएर विदेश पुर्‍याइसकेको हुन्छ ।
पुरा पढ्नुहोस्