अधिकारी रवीन्द्रका लेखहरु
जस्तै प्रगाढ प्रेम भए पनि वियोगपछिको पीडामा जीवन गुजार्ने सर्त अब हामीलाई मञ्जुर छैन, किनभने यो संसारमा रोदन र आँसुको कमी छँदै छैन । यहाँ हाँसो चाहिएको छ, संयोग र पुनर्मिलनका कथाले भित्र्याउने खुसी चाहिएको छ । अनि चाहिएको छ कुम जोडेर यात्रामा निस्कने र वर्तमानमा सँगै बाँचिरहने असंख्य नरनारीको भीड, जसले वियोगलाई बिर्साउनेछ ।
पुरा पढ्नुहोस्
हामी सबैसँग आजको रात त्यहाँ बसेर भोली बिहानै त्यो बाटो काट्नुको विकल्प थिएन । साँझपख दुई भान्छा हुने भयो । घरमा परिज, स्पगेटी, ओटमिल अनि छेउतिरको गोठमा गुन्द्रुक र भात । पेटमा इली न मिली हुने गोरा जातिको खाना खाएर रातभर दोब्रिएर बस्नु भन्दा तातो गुन्द्रुकको झोल र भातले बढी आकर्षित गर्‍यो ।
पुरा पढ्नुहोस्
अमान्डाहरूले यात्राको मजालाई अझ उचाइमा पुर्‍याइदिन्छन् । मानव बथानको अग्रता लिँदै अमान्डा लम्की । हामी उसलाई भेट्न हतारियौं । उसको रफ्तारमा हिँडिरहन ठूलै इच्छाशक्ति चाहिन्छ । उसकै संगतको लोभले मलाई त्यो शक्ति आएजस्तो भयो ।
पुरा पढ्नुहोस्
दसैं आउनु ठीक अघि अक्टोबरको पहिलो सातातिर आशिका तामाङ खसी काण्डका कारण लाइमलाइटमा आइन् । उनी एक भिडियोमा मासु खानुपर्छ तर अरूको हत्या गरेर होइन, हत्या गर्नु परे घरबारविहीन खसीको हत्या गर्नु भन्दै रोएकी थिइन् । अचम्मको अभिव्यक्तिपूर्ण उक्त भिडियो खुबै चम्कियो ।
पुरा पढ्नुहोस्
औसत आयु ६५ वर्ष हिसाब गर्ने हो भने प्रत्येक व्यक्तिले जीवनभरमा लगभग ४४ टन स्वाहा पार्ने रहेछ । ४४ टन धान एकै बालीमा उमार्न कति हेक्टर जग्गा चाहिन्छ, सोच्दासमेत पागल भइन्छ । हिसाबमा आउँछ कमसेकम ४ हेक्टर, जसमा हुन्छ— ४० हजार वर्गमिटर । हो, क्विन्टलका क्विन्टल प्राकृतिक स्रोत हामी पेटभित्रै हालेर सिध्याउछौँ ।
पुरा पढ्नुहोस्
त्यो व्यक्ति पनि कुनै सुपरम्यान नभै मानव नै हो, जसले अरूजस्तै उमेर अनुसार बिर्सिने रोग (सेनाइल डेमेन्सिया) वा अन्य अनेकन शारीरिक दुर्बलता तथा मानसिक समस्याको सिकार हुन सक्ने प्रबल सम्भावना बोकेको हुन्छ । समय छउन्जेल प्रयास गर्ने हो, समय गुज्रिएपछि अरूलाई अवसर दिनुपर्छ ।
पुरा पढ्नुहोस्