अधिकारी रबिन्द्रका लेखहरु
आफुसरहका साथीभाइ करोडपती भइसके । सरस्वतिको अन्धभक्त भएर शिक्षालाई आत्मासाथ गरेर हिंड्ने म आज समाजका नजरमा झन्डै झन्डै नकामको भईसके । दुई आना घडेरी जोड्न समेत सोच भन्दा परको कुरो बनेको छ । सबैभन्दा राम्रो पढ्ने भनेर स्कुलै देखी पटक पटक पुरस्कृत हुँदै आएको म परिवारको पनि आशाको राम्रै केन्द्र थिए । छिट्टै कुनै भरपर्दो बाटो नसमाते म अब कुनै अन्नपानीको आश गर्न नसकिने निरझर मरुभुमी तुल्य हुने वाला थिए । अब मेरो जिन्दगीमा ठुलै ‘मिराकल’ चाहिएको थियो । हो, त्यो मिराकल बनेर आयो अमेरिकाको पि.एच.डि. ।
पुरा पढ्नुहोस्