देखि

सम्म

अन्धविश्वासको पराकाष्ठा

जनकराज सापकोटा, असार ५, २०७६

कथित धर्म र दैवी शक्ति आर्जनका नाममा बालकको बलि दिने यो घटना पहिलो भने होइन । ९ साउन २०७२ मा नवलपरासीको कुडियामा पनि यस्तै घटना घटेको थियो । तत्कालीन कुडिया गाविस–४, मर्चहवाका कोदाइ चमारले केही गाउँलेको सहयोगमा १० वर्षीय सोनु भनिने जीवन कोहारको घाँटी रेटेर हत्या गरेका थिए । पुरा पढ्नुहोस्

ठुम्का पावर

महेश तिमल्सिना , असार ५, २०७६

कुनै समय थियो, शाही महलहरूमा नृत्यांगनाका ठुम्काका किस्सा खुबै सुन्न पाइन्थे । बाँकी समाजका लागि भने ती सबै रोचक र तिलस्मी किस्सा थिए । उपन्यास, कथा तथा परीकथाहरूमा नृत्यांगनाहरूको सौन्दर्य, ठुम्का र चालढालको रंगीन चर्चा हुन्थ्यो । अहिले समयमा ठूलो परिवर्तन आइसकेको छ । पुरा पढ्नुहोस्

कारमा तेल हाल्न कुखुरा चोरी 

साप्ताहिक संवाददाता , असार ५, २०७६

करोडौं रुपैयाँ पर्ने कार चढ्ने सौख चीनको सिचुवान प्रान्तका एक कृषकमा पनि जाग्यो र उनले जेनतेन गरेर ३ करोड २० लाख रुपैयाँ हालेर बीएमडब्लू कार किने । कार त किने, तर उनलाई नियमित रूपमा हाल्नुपर्ने तेलका लागि पैसाको भने अभाव हुन थाल्यो । त्यसपछि उनले उपाय निकाले— तेल हाल्ने पैसा छिमेकीहरूको कुखुरा र हाँस चोरेर निकाल्ने ।  पुरा पढ्नुहोस्

भूपिनको नजरमा पाँच उत्कृष्ट गन्तव्य

राधिका अधिकारी, असार ५, २०७६

पोखरा आफैंमा सुन्दरताको अर्को विम्ब हो । पोखरामा रमाउने कुरा थुप्रै छन् । पोखरामा हिमाल र तालको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ । प्रकृतिले सिंगारेको यति सुन्दर सहर संसारमा कमै होलान् ।  पुरा पढ्नुहोस्

डी भिल्लियर्समाथि दोष

साप्ताहिक संवाददाता , असार ५, २०७६

यसपटकको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स टिममा समावेश छैनन् । उनी टिममै छैनन्, तर स्थिति कस्तो छ भने टिमको खराव प्रदर्शनको दोष उनै डी भिल्लियर्समाथि लागेको छ । एबी आधुनिक क्रिकेटका सर्वाधिक उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पुरा पढ्नुहोस्

सबै प्रस्ताव अस्विकार 

साप्ताहिक संवाददाता , असार ५, २०७६

नेपालबाटै लगानी सुरक्षित गरेर मुनाफा समेत आर्जन गरेको चलचित्र ए मेरो हजुर–३ बाट सुहाना थापा अभिनेत्रीका रुपमा देखा परिन । पहिलो चलचित्र नै सुपरहिट भएपछि सुहानालाई घर बाहिरका चलचित्रबाट प्रस्तावको ताँती नै लाग्यो । रोचक कुरा के रह्यो भने सुहानाले त्यसरी आएका कुनै पनि प्रस्ताव स्वीकार गरिनन् । पुरा पढ्नुहोस्

प्रियंकाको साडी 

साप्ताहिक संवाददाता , असार ५, २०७६

अमेरिकी गायक निक जोनाससँग विवाह गरेर उतै रमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो गलत भिडियोका कारण चर्चामा छिन् । उक्त भिडियोमा प्रियंकाले अमेरिकी युवतीहरूलाई साडी लगाउन सिकाउने क्रममा गरेको एउटा नृत्य देखाइएको छ । पुरा पढ्नुहोस्

अधिकारीका नलेखिएका कथा सार्वजनिक

साप्ताहिक संवाददाता , असार ५, २०७६

कथाकार विश्वराज अधिकारी आप्नो पुस्तकका साथमा बजारमा आएका छन् । उनको हालै नयाँ कथा संग्रह ‘नलेखिएका कथा’ सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

गायक भिम श्रेष्ठको अक्सर छाता छुट्ने गर्छ

साप्ताहिक संवाददाता , असार ५, २०७६

गायक भिम श्रेष्ठको  ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै आाफुले राम्रो प्रतिक्रिया पाइरहेको गायक श्रेष्ठले जाकनारी दिए । सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द शृजना समावेश रहेको छ । पुरा पढ्नुहोस्