देखि

सम्म

बुद्धम् शरणम् गच्छामी 

अविरल थापा, जेष्ठ १३, २०७६

भारतले बुद्धको कृत्रिम जन्मस्थल बनाउन लाग्यो, भारतमा जन्मिएको भनेर पाठ्यपुस्तकमा राख्यो भनेर हामी विरोधमा उत्रियौं । अर्काले भन्यो भन्दैमा विरोध मात्र गरिरहने कि आफूसँग भएको सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि ध्यान दिने ? पुरा पढ्नुहोस्

बुद्ध दर्शनको पढाइ

राजाराम पौडेल, जेष्ठ १३, २०७६

गुम्बा विद्यालयमा बुद्ध दर्शनका बारेमा पढाइ हुन थालेको २०५० सालदेखि हो । त्यहाँ पहिले तिब्बतियन भाषामा मात्र पढाइ हुन्थ्यो भने २०६५ सालमा सरकारी मान्यता प्राप्त गरेपछि  नेपाली, अंग्रेजी, गणित र तिब्बतियन भाषाको पढाइ हुन थाल्यो । उक्त विद्यालयमा तिब्बतीयन भाषामा सामाजिक एवं धार्मिक ग्रन्थको पढाइ हुन्छ भने विद्यार्थीहरूलाई बुद्धपूजामा प्रयोग हुने सामग्रीहरू बनाउन समेत सिकाइन्छ । पुरा पढ्नुहोस्

अब वाटरप्रुफ नानोटेक जुत्ता

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

पानी पर्दा जुत्ता भिज्ने समस्यालाई मध्यनजर गरी विशेष प्रकारको जुत्ताको विकास गरिएको छ । यसमा पानी पर्‍यो भने पनि भिज्दैन अर्थात पानी, चिया वा कफीलाई बाहिरै रहन्छ । यसका लागि पाँच तहको प्रोटेक्सन फेब्रिक प्रयोग गरिएको छ । पुरा पढ्नुहोस्

सेलिब्रेटीका नजरमा वीर विक्रम–२ 

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

कलरफुल चलचित्र छ । स्टोरीले ग्रिप गरेको छ । यसका साथै चलचित्रमा क्यारेक्टर राम्रोसँग स्थापित गरिएको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा यो चलचित्रमा म नाजिर हुसेनको अभिनयबाट प्रभावित भएँ । यस्तै वर्षा र पलको अभिनय पनि एकदमै राम्रो लाग्यो । बीर र बीक्रमको फ्रेन्डसिपले निकै भावुक बनायो । पुरा पढ्नुहोस्

थिएटर मलमा निर्मल थोपाहरू

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

थिएटर मलको कीर्तिपुर रंगमञ्चमा नाटक ‘निर्मल थोपाहरू’ मञ्चन भएको छ । पानी र जनजीवनका सम्बन्धमा तयार पारिएको उक्त नाटक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मञ्चन गर्ने क्रममा कीर्तिपुरमा मञ्चन गरिएको हो ।  पुरा पढ्नुहोस्

विवाहअघिको उत्साह

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

आयुष्मान देशराज जोशी तथा प्रियंका कार्की निकट भविष्यमै वैवाहिक जीवनमा बाँधिदै छन् । सम्भवतः उनीहरूले आउँदो असारमा लगनगाँठो कस्नेछन् । अघिल्लो वर्ष नै इन्गेज्मेन्ट गरेको यो जोडी यतिबेला भने आफ्नै जोडीको प्रमुख भूमिका रहेको चलचित्र प्रेम दिवसको पर्खाइमा छ । पुरा पढ्नुहोस्

आफ्नै कपालको स्वयंवर औंठी

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

औंठीको मूल्य महँगो भएर मात्र बहुमूल्य हुने होइन, मायाले गर्दा नै त्यो बहुमूल्य हुने देखेर एक पुरुषले आफ्नी प्रेमिकालाई आफ्नै केशबाट तयार पनरिएको औंठी स्वयंवरमा लगाइदिएका छन् । पुरा पढ्नुहोस्

फरक शैलीको लिटरेचर फेस्टिभल

राजाराम पौडेल, जेष्ठ १३, २०७६

गत शनिबार तेस्रो संस्करणको पोखरा लिटरेचर फेस्टिभल सम्पन्न भएको छ । फरक शैलीमा सञ्चालन हुने यो फेस्टिभलको थिम विमल दाहालको हो । उनी अरूभन्दा केही फरक गर्न चाहन्छन् । दाहाल छन् पनि उस्तै । उनले लगाउने पहिरन, हिँड्ने तथा बोल्ने शैली आदिमा केही फरकपन देखिन्छ । पुरा पढ्नुहोस्

चर्चामा ह्विलचेयर क्रिकेट

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

नेपाल पनि सहभागी प्रतियोगितामा विजेता रह्यो— पाकिस्तान । पाकिस्तानले फाइनलमा भारतलाई ५ विकेटले हराएको थियो । फरक क्षमता भएका खेलाडीबीच सञ्चालित प्रतियोगिताका कारण विश्व मिडियाको ध्यान त्यता तानियो । पुरा पढ्नुहोस्

सुपुष्पाको इन्ट्री

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

रोहित अधिकारीले निर्माण गर्दै गरेको चलचित्र ‘छ माया छपक्कै’को अहिले सिन्धुलिमा छायांकन भैरहेको छ । अभिनेत्रीका रुपमा केकी अधिकारीलाई अनुबन्ध गरेर फ्लोरमा गएको यो चलचित्रमा अर्की अभिनेत्री सुपुष्पा भट्टको इन्ट्री भएको छ ।  पुरा पढ्नुहोस्

हङकङ सगरमाथा दिवसमा पदयात्रा 

अनोज रोक्का, जेष्ठ १३, २०७६

हङकङमा सगरमाथा दिवस २०१९ सम्पन्न गरिएको छ । सगरमाथाको गरिमालाई विश्वमा फैलाउँदै पर्यटन प्रर्वद्धन गर्नका लागि आयोजना गरिएको दिवसमा पदयात्रा गरिएको थियो । एभरेष्ट हाईक नाम दिईएको पदयात्रा सेन्ट्रलबाट माउण्ट अस्टिन हुँदै भिक्टोरिया पिकमा सम्पन्न भएको हो ।   पुरा पढ्नुहोस्

४८ विधामा जिनियस म्युजिक अवार्ड वितरण

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्‍याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको छ । पुरा पढ्नुहोस्

यता न उताको प्रदर्शन मिति तय, गीत पनि सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

गतवर्षको माघ २५ बाट प्रदर्शनको तयारी गरिएको चलचित्र ‘न यता न उता’ को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड गरिएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको चलचित्रको निर्माण टिमले शुक्रबार ‘न यता न उता’को नयाँ रिलिज मिति पक्का गरेको हो । पुरा पढ्नुहोस्

वलिउड अभिनेता अजय देवगनका बुवाको निधन

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

बलिउडका चर्चित अभिनेता अजय देवगनका बुवाको निधन भएको छ । उनका बुबा वीरु देवगनको सोमवार सुर्या अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् । पुरा पढ्नुहोस्

देउडा गीत ‘कालो बादल’ सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

वियोगान्त देउडा गीत ‘कालो बादल’ को भिडियो सार्वजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी, देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको गीतमा आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत छ । पुरा पढ्नुहोस्