देखि

सम्म

नयाँ वर्षले जगायो आशा, चले दुवै चलचित्र 

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै प्रदर्शन भएका ठूला ब्यानरका दुई चलचित्र ‘ए मेरो हजुर–३’ तथा ‘जात्रा’ दुवैलाई दर्शकले मन पराएका छन् । गत शुक्रबार प्रदर्शनमा आएका यी चलचित्र सिनेमा हलमा पुनः एकपटक दर्शकको भीड जम्मा गराउन सफल भएका हुन् । तुलनात्मक रूपमा ए मेरो हजुर–३ ले राम्रो व्यवसाय गरिरहेको छ भने यात्रा पनि सन्तोषजनक व्यवसाय गर्न सफल भैरहेको छ । पुरा पढ्नुहोस्

मान्छे फकाएर आफ्नो हुँदैन

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । पुरा पढ्नुहोस्

यही वैशाखमा !

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

चलचित्र छक्कापञ्जा–२ बाट रजटपटमा आएका अभिनेता ढकाल यही महिना वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनले यसै साता मुस्कान सुवेदीसँग इन्गेज्मेन्ट गरेका छन् । उनीहरू यही वैशाख २९ गते वैवाहिक जीवनमा बाँधिदैछन् । पुरा पढ्नुहोस्

२०७६ का लागि तपाईंको ठोस योजना के छ ? 

प्रस्तुति: महेश तिमल्सिना, वैशाख ७, २०७६

नेपालको चिकित्सा क्षेत्रमा जतिपनि विकृति, विसंगति र बाहिरी हस्तक्षेप छ, त्यसलाई रोकेर नेपाललाई मेडिकल एजुकेसनको हब बनाउने मेरो योजना पुरानै हो जुन यसपालि पूरा होला कि भन्ने आशा गरेको छु । यसैपाली गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा गौतम बुद्ध इन्टरनेसनल हस्पिटल निर्माण गर्ने योजना छ ।  पुरा पढ्नुहोस्

संगीतमा यस्तो ट्रेन्ड 

महेश तिमल्सिना , वैशाख ७, २०७६

हरेक वर्ष नेपाली सांगीतको ट्रेन्डमा परिवर्तन आइरहन्छ । २०७५ सालमा सांगीतिक क्षेत्रमा केही नयाँ ट्रेन्ड देखा परे । यो वर्ष लोकशैलीका गीतले बजार पिटेको संगीतकर्मीहरू बताउँछन् । यसपालि प्रदर्शनमा आएका अधिकांश चलचित्रका गीत पनि लोकशैलीमै निर्माण भएका थिए । त्यस्ता गीतले युट्युबमा पनि राम्रो भ्युज बटुलेका छन् । पुरा पढ्नुहोस्

फेरि खराब व्यवस्थापनकै दुखेसो

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

पछिल्ला केही संस्करणका राष्ट्रिय खेलकुदलाई आधार मान्ने हो भने खराब व्यवस्थापन नै संघको सबैभन्दा ठूलो समस्या हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट पनि मान्छन्, नेपालमा ठूलो खेलकुद महोत्सवको आयोजना गर्दा व्यवस्थापनमा चुस्तताको अभाव देखिन्छ । खराब व्यवस्थापनको न्यूनीकरण नै हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो ।  पुरा पढ्नुहोस्

वर्षका उत्कृष्ट पाँच गैर–आख्यान 

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

करिब ४ दशक नेपाली न्यायालयमा बिताएकी सुशीला कार्कीको आत्मकथा हो, न्याय । सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा महाअभियोगसमेत भोगेकी कार्कीले आफ्नो जीवनमा भोगेका न्यायिक क्षेत्रका संस्मरणलाई यो पुस्तकमा समेटेकी छिन् । निष्ठावान् जीवन जिउन सिकाउने यो पुस्तक बुक–हिलले प्रकाशन गरेको हो । पुरा पढ्नुहोस्

सडक–यातायातमा प्रविधि

साप्ताहिक संवाददाता , वैशाख ७, २०७६

वर्ष २०७५ मा नेपालको सडक यातायातलाई व्यवस्थित गर्ने थुप्रै प्रयास भए । प्रविधिको प्रयोगबाट सडक र सवारीलाई थप व्यवस्थित गर्न सरकार तथा निजी क्षेत्र समेतले धेरै कार्य गरेका छन् ।  पुरा पढ्नुहोस्