देखि

सम्म

बैशाख ६ देखि १२ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), वैशाख ६, २०७६

गोप्य रूपमा गरिएका कार्यले अपेक्षाभन्दा छिटो सफलता दिलाउनेछ । साथीभाइसँग नगद कारोबार गर्दा ध्यान पुर्‍याउनुहोला । नौलो स्थानको यात्रा हुन सक्छ । भेटघाटले मनोबल बढाउनेछ । भोजभतेरमा संलग्न भै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । पुरा पढ्नुहोस्

चलचित्रको दृश्यशत्ति

अभिषेक यात्री, वैशाख ६, २०७६

भनिन्छ चलचित्र समाजको ऐना हो । समाजमा घट्ने मानिसका कथा–व्यथा, शैली–व्यवहार, चालचलन, दुःख–संघर्ष र संस्कृतिलाई कलाका माध्यमबाट पर्दामा प्रस्फुटित गर्नु चलचित्रको काम हो । चलचित्रले मानिसलाई समाजको वास्तविकता देखाउने मात्र होइन जिन्दगीका विभिन्न आयामका सम्बन्धमा पाठ समेत सिकाउँछ । पुरा पढ्नुहोस्

वर्षका उत्कृष्ट पाँच आख्यान

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

युवा पुस्तालाई लक्षित उपन्यास तथा कथा लेखेर आफ्नो अलग पहिचान बनाएका सुबिन भट्टराईको चौंथो उपन्यास हो— प्रिय सुफी । गत वर्ष प्रकाशन भएका आख्यानमा सर्वाधिक बिक्री भएको यो उपन्यासले युवा पुस्तामा पढ्ने बानीको विकासलाई बढावा दिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक गत वर्षको बेस्ट–सेलर उपन्यास हो ।  पुरा पढ्नुहोस्

कस्तो रह्यो रंगमञ्च ? 

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

नाट्य गतिविधि र नाटकघरमा दर्शकहरूको उपस्थितिका हिसाबले वर्ष २०७५ सुखद् रह्यो । गत वर्ष देशमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव तथा रारा नाटक महोत्सव लगायतका थुप्रै महोत्सव सम्पन्न भए । यस्ता नाट्य महोत्सवले रंगमञ्चिय गतिविधिलाई राजधानी केन्द्रित मात्र नभएर देशका अन्य स्थानमा पनि पुर्‍यायो । पुरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रमा उपलब्धि

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डीएनए परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेसिन’ भित्रिएको छ । अमेरिकी युथ विश्वविद्यालयको अनुदान सहयोगमा नेपाल आइपुगेको उक्त मेसिनमार्फत पाठेघरको ह्युमन प्यापिलोमा स्क्रिन गर्न सकिन्छ । यो मेसिनको प्रयोग पाठेघरको पानी वा मासु लिएर एचपीभी भाइसरको मात्रा पत्ता लगाउन गरिन्छ । पुरा पढ्नुहोस्

नबिता अहिलेसम्मकै उत्कृष्ट

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

अब त तयजस्तै भएको छ, नेपाली टेबल टेनिसले पाएको अहिलेसम्मकै सबैभन्दा प्रतिभाशाली स्टार खेलाडी हुन्— नबिता श्रेष्ठ । उनको प्रदर्शन र उपलब्धिलाई लिएर अब कसैले प्रश्न उठाउन सक्ने छैनन् । पुरा पढ्नुहोस्

नेपाल भ्रमण वर्षको सफ्ट लन्चिङ

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ पोखराबाट गरिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले फेवाताल किनारास्थित कोमागाने पार्कमा संचालन गरेको फेवा नववर्ष महोत्सव–२०७६ का अवसरमा नेपाल भ्रमण वर्षको ‘सफ्ट लन्चिङ’ गरिएको हो ।  पुरा पढ्नुहोस्

तराईमा सिरुवा र जुडशीतल पर्व

नरेन्द्र बस्नेत, वैशाख ६, २०७६

तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई तथा माझीहरूले सिरुवा पर्व मनाएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर आदि जिल्लामा सोमबार सिरुवा पर्व धूमधामका साथ मनाइएको हो । पुरा पढ्नुहोस्

लन्डनमा अनमोलको क्रेज

शब्द/तस्बिर : कुशल श्रेष्ठ, वैशाख ६, २०७६

अभिनेता अनमोल केसीको चलचित्र क्याप्टेनले ओभरसिजको प्रदर्शन बेलायतबाट सुरु गरेको छ । चलचित्र बेलायतको अल्डरसर्टस्थित प्रिन्सेस हलमा शनिवार रेड कार्पेट प्रिमियर गरिएको थियो जसमा अभिनेता अनमोल केसी तथा भुवन केसीले सहभागिता जनाए । पुरा पढ्नुहोस्

बुवा बने आर्यन सिग्देल

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

वैशाख ६ गते अभिनेता आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि यसै पनि विशेष हुन्छ । किनभने उनीहरू वैशाख ६ का दिन म्यारिज एनिभर्सरी सेलिब्रेट गरेका छन् । यही विशेष दिन वैशाख ६ गते नै अभिनेता सिग्देल बुवा बनेका छन् भने सपना आमा ।  पुरा पढ्नुहोस्