देखि

सम्म

चैत्र १ गतेदेखि ७ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), चैत्र १, २०७५

लामो समयपछि विचार मिल्ने साथीहरूसँग भलाकुसारी गर्दै मनोरञ्जन गर्न पाइनेछ । व्यवस्थित दिनचर्याले शारीरिक ऊर्जा प्राप्त भै काम थप सफलता हात पर्नेछ । खानपानको व्यवस्थापन नमिल्दा स्वास्थमा गडबडी देखा पर्न सक्छ । हरियो रंगको सवारी साधनले विशेष फाइदा पुर्‍याउनेछ । पुरा पढ्नुहोस्

फेरि तीन चलचित्रको भिडन्त 

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

आज नेपाली चलचित्र उद्योगमा ३ नेपाली चलचित्रको भिडन्त हुँदै छ । आजबाट चलचित्र द म्यान फ्रम काठमाडौं, जानी–नजानी र पुरानो बुलेट अल नेपाल प्रदर्शनमा आएका छन् । पुरा पढ्नुहोस्

होलीका रमाइला कार्यक्रम

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

रेडियो कान्तिपुरले यो वर्ष पनि पोखरामा होली विशेष कार्यक्रम ‘होली हंगामा–२०७५’ आयोजना गर्ने भएको छ । रेडियोका स्टेसन म्यानेजर दिनेश डिसीका अनुसार होलीको दिन अर्थात् आगामी बुधबार बिहान १० बजेदेखि पोखराको हल्लन चोकमा प्रारम्भ हुने होली हंगामा कार्यक्रममा लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । पुरा पढ्नुहोस्

होली विशेष गीत–संगीत

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

यो वर्षको होलीलाई लक्षित गर्दै गायक रमेश राज भट्टराईले दुई साताअघि नै नयाँ होली गीत ‘होली...’ को म्युजिक भिडियो सार्वजनिक गरे । छोटो समयमै झण्डै ५ लाख पटक हेरिएको उक्त गीतलाई होलीमय बनाइएको छ । पुरा पढ्नुहोस्

चम्कियो भाग्य

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

अभिनेता अनमोल केसीसँग अभिनय गर्दैमा भाग्य चम्किँदैन भन्ने अभिव्यक्ति दिएको केही दिनमै अभिनेत्री उपासना सिंह ठकुरीको करियरमा नयाँ मोड आएको छ । क्याप्टेनको व्यवसायिक सफलतासँगै आफ्नो प्रभावशाली अभिनयले दर्शक तथा समीक्षकको मन जित्न सफल उपासनाले ‘कबड्डी’ श्रृंखलाको तेस्रो भागबाट अभिनयका लागि प्रस्ताव पाएकी छिन् । पुरा पढ्नुहोस्

बलिउडमा फेब्रुअरीको व्यवसाय 

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

यो वर्षको जनवरी महिनामा बलिउडमा २१ वटा चलचित्र प्रदर्शन भएका थिए । ती चलचित्रले ४ सय ३० करोड रुपैयाँ आम्दानी गरे । ती चलचित्रमध्ये विक्की कौशलको चलचित्र ‘उरी सर्जिकल स्ट्राइक’ ले कीर्तिमान बनायो, जसले पूरै फेब्रुअरी महिनाभरि पनि राम्रो व्यवसाय गर्‍यो ।  पुरा पढ्नुहोस्

रिलेसनसिपमा छु 

कृष्ण भट्टराई, चैत्र १, २०७५

चलचित्र ‘ए मेरो हजुर–२’ मार्फत रजतपटमा उदाएका अभिनेता सलिनमान बनियाँ युवापुस्तामाझ लोकप्रिय अनुहार हुन् । पहिलो चलचित्रबाटै युथ आइकनको छवि बनाएका सलिनमानका महिला प्रशंसकको संख्या प्रशस्तै छ । ५ फिट ९ इन्च अग्ला सलिनमानले स्नातक तहको अध्ययन पूरा गरेका छन् । २५ वर्षीय सलिनमान चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ मार्फत पुनः एकपटक दर्शकमाझ आउने तयारी गरिरहेका छन् । पुरा पढ्नुहोस्

क्रेजी बलिउड नाइट

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

बलिउडका सुपरस्टार डिजे एनवाइके काठमाडौं पहिलो पटक ओर्लिदैछन् । चालिस भन्दा बढी मुलुक पुगिसकेका ख्यातिप्राप्त डिजे एनवाइके आज शुक्रबार ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा प्रस्तुती दिदैछन् । पुरा पढ्नुहोस्

मायाका रंगहरू

अधिकारी रवीन्द्र, चैत्र १, २०७५

गोलभेंडा यसरी फुट्छ कि टोमेटो केचप बनेर दुवैतिरको आँखीभौंबाट बग्दै आँखासम्म ढाक्न आइपुग्छ । अहिलेसम्म मेरो अघिल्लो मोहडामा दाग उनले मात्र लगाएकी छिन् अर्थात निधारमा गोलभेंडा फुटाएर उनले मेरो ‘टोमेटिनो भर्जिनिटी’ भर्खरै तोडेकी छिन् । आँखा हातले पुछ्दै म अगाडि दौडिँन्छु । टोकरीबाट गोलभेंडा निकाल्छु र उनलाई ताक्छु । लाग्दैन । पुरा पढ्नुहोस्

छोरीको जन्मदिनमा रङ्गशाला निर्माणमो १ लाख 

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अर्न्तराष्ट्रिय बिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १११ रुपैंया सहयोगको घोषणा गरेका छन् । पुरा पढ्नुहोस्

मार्केटिङ गर्न नजानेपछि कसरी चल्छ चलचित्र ?

रामजी ज्ञवाली, चैत्र १, २०७५

आगामी चैत ८ मा प्रदर्शन हुन लागेको चलचित्र कागजपत्रका निर्देशक हुन्, अपिल बिष्ट । यो चलचित्रको कथा समेत उनैले लेखेका हुन् । नाजिर हुसेन, सिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकार अभिनित चलचित्रको टे«लर, गीत र पोस्टरलाई दर्शकले राम्रै रुचाएका छन् । उक्त चलचित्रको बिषयमा निर्देशक बिष्टससँग रामजी ज्ञवालीले गरेको छोटो गफगाफ । पुरा पढ्नुहोस्

एउटा अमेजिङ फेसन शो

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

फेसन शो को इतिहासमै पहिलोपटक काठमाण्डौंमा फरक किसिमको फेसन शो आयोजना भएको छ । दरवारमार्गमा रहेको क्लव डेजाभुको ग्राउण्डदेखी माथीसम्म रन वे थियो । आयोजित उक्त शोमा बिगतमा जस्तो मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेनन्, यसपटक फरक–फरक पहिरनमा पुरुष, महिला तथा तेस्रो लिङ्गी मोडलहरुले उपस्थित दर्शक भएकै स्थानसम्म पुगेर प्रस्तुती देखाए । पुरा पढ्नुहोस्

यस्तो छ ए मेरो हजुर ३ को पहिलो गीत

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

यहि चैत २९ गते प्रदर्शन हुने चलचित्र ए मेरो हजुर–३ को पहिलो गीत सार्बजनिक गरिएको छ । चलचित्रको ‘तिमी बिनाको जिन्दगी, म जिन्दगीनै भन्दिन“ बोलको गीतमा अनमोल केसी र सुहाना थापाको रोमान्टिक अवतार देख्न सकिन्छ । नेपालको हिमाली भेग र अमेरिकामा खिचिएको ५ मिनेट ४६ सेकेण्ड लामो भिडियो आकर्षक बनेको छ । पुरा पढ्नुहोस्

पुरानो बुलेट: पूर्वेली शैली र परिवेशसँग साक्षात्कार 

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘पुरानो बुलेट’ त्यसो त मनोरञ्जनको फुल डोज हो । फिल्मलाई मसलेदार र मनोरञ्जनात्मक बनाउनकै लागि निर्देशकले धेरै मेहनत गरेका छन् । फिल्ममा हाँसो छ , रोदन छ, गलफत्ती छ, नोकझोंक छ, वैशालु प्रेम छ अनि युवा संघर्षको कथा पनि छ ।  पुरा पढ्नुहोस्