देखि

सम्म

मिस अर्थ–२०१८ प्रतिस्पर्धा गर्दै प्रिया

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७५

मिस नेपाल अर्थ–२०१८ विजेता प्रिया सिग्देल हाल फिलिपिन्समा सञ्चालन भैरहेको १८ औं संस्करणको मिस अर्थ प्रतियोगितामा विश्वका ८० भन्दा बढी मुलुकका सुन्दरीहरूसित प्रतिस्पर्धा गरिरहेकी छिन् । पुरा पढ्नुहोस्

छैटौं संस्करणको नेपाल गोल्डेन आइडल

राजाराम पौडेल, कार्तिक ७, २०७५

गायन तथा नृत्य प्रतिभा खोजी गर्ने नेपाल गोल्डेन आइडलको छैटौं संस्करणको अडिसन कात्तिकको अन्तिम साता काठमाडौंबाट प्रारम्भ गरिँदैछ । पुरा पढ्नुहोस्

मोरङमा भिडे पहलमान

नरेन्द्र बस्नेत, कार्तिक ७, २०७५

विराटनगर महानगरपालिका–६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल एवं शक्ति प्रदर्शन गरेका थिए । पुरा पढ्नुहोस्

कलिउड नाइटमा सरोज खनाल

विजय थापा, कार्तिक ७, २०७५

केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिउड नाइट–२०१८ अमेरिकामा जन्मिएका दोस्रो पुस्ताका बालिकाहरू तथा महा–आमाहरूको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको छ । उक्त अवसरमा अभिनेता सरोज खनाल, कलाकार किरण प्रताप केसी तथा कलाकार रिमा केसीद्वारा प्रस्तुत गरिएको नाटकले निकै प्रशंसा पाएको थियो । पुरा पढ्नुहोस्

चाइल्ड फेस्टिबलमा विधान जुनियर मोडल

स्वस्तिक श्रेष्ठ, कार्तिक ७, २०७५

बुटवलका जुनियर मोडलहरूले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हात पारेका छन् । संयुक्त अरब इरिमेट्स (दुबई) मा जुनियर मोडल इन्टरनेसनल–२०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराजले जुनियर मोडलको उपाधिसहित अन्य चार जनाले विभिन्न विद्यामा सफलता प्राप्त गरेका हुन् । पुरा पढ्नुहोस्

रोनाली मिस इन्टरनेसनल–२०१८ को प्रतिस्पर्धामा

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७५

यतिबेला जापानको टोकियोमा विश्वका ७० भन्दा बढी मुलुकका सुन्दरीहरूको जमघट छ । त्यही जमघटमा रोनाली अमात्य पनि छिन् । मिस नेपाल इन्टरनेसनल–२०१८ को विजेता भएसँगै मिस इन्टरनेसनल–२०१८ मा नेपालका तर्फबाट सहभागी बन्न जापान पुगेकी रोनालीले आगामी नोभेम्बर ८ को ग्रानड फिनालेमा आफ्नो भाग्य परीक्षा गराउनेछिन् । पुरा पढ्नुहोस्

जय भोलेको आम्दानी ३ करोड नाघ्यो

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७५

चलचित्र जय भोले निर्माण टिमले चलचत्रिको हालसम्मको आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । ३० असोजबाट देशव्यापी प्रदर्शन भएको चलचित्रले कार्तिक ६ गतेसम्म ३ करोड २ लाख ७२ हजार आम्दानी विवरण सार्वजनिक गरेको हो । पुरा पढ्नुहोस्

नेपाली क्रिकेटर प्रशिक्षणका लागि भारततर्फ प्रस्थान

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७५

कोटेश्वरमा रहेको अल्टिमेट इन्डोर्स क्रिकेट एकेडेमीमा प्रशिक्षणमा रहेको नेपाली क्रिकेटरहरुको एक समुह प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । बुधवार १२ जना खेलाडी, एक जना प्रशिक्षक तथा एक अविभावकसहितको समुह भारततर्फ प्रस्थान गरेको हो । पुरा पढ्नुहोस्