देखि

सम्म

ज्योतिको जून र ज्योति

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

गायक तथा संगीतकार ज्योतिप्रकाशले पहिलो एल्बम ‘जून र ज्योति’ सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा चित्रकलाको प्राध्यापन गर्दै आएका ज्योतिप्रकाश यसअधि चित्रकारका रुपमा चिनिएका थिए । चन्द्र भट्टचनको एकल रचना रहेको यो एल्वम सार्वजनिक गरेसँगै ज्योतीले गायक तथा संगीतकारको परिचय पनि पाएका छन् । पुरा पढ्नुहोस्

कविता चलदृश्यमा रुपान्तरित

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

कवि तथा लेखक हेमप्रभासले विकास थापाको कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ को निर्देशन गरेका छन् । फिल्म निर्देशनको औपचारिक अध्ययनमा रहेका हेमले कविताको सिनेमाटिक ट्रान्सफर्मेसन गरी काव्यिक अन्तरलयलाई जनमानसमा पुर्‍याउने हेतुले यस प्रकारको कार्य अघि बढाएको बताएका छन् । पुरा पढ्नुहोस्

रामचन्द्र काफ्लेको परेदेश पीडा

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक रामचन्द्र काफ्ले नयाँ गीतका साथमा बजारमा आएको छन् । ‘विदेशीए’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

सम्बन्ध सुध्रिएको खबरले खुसी बनायो

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

सम्बन्ध सुध्रिएको खबरले खुसी बनायो (फ्रन्टपेज : सम्बन्ध सुधार्दै पारस–हिमानी) । कसैको पनि घर बिग्रनु हुँदैन । त्यसले समाजमा राम्रो सन्देश जाँदैन । लामो समयदेखि पारस–हिमानीको सम्बन्धमा आएको चिसोपन सुध्रिएको छ । अब फेरि नब्रियोस्, नभत्कियोस् । पुरा पढ्नुहोस्

दर्शकको मन जित्दै द भ्वाइस अफ नेपाल

महेश तिमल्सिना , आश्विन ७, २०७५

अन्तिमसम्म पुग्दा हरेक कोचसँग एकएक जना प्रतियोगी बाँकी रहन्छन् । यसरी ४ जना प्रतियोगीलाई लिएर द भ्वाइस अफ नेपाल ग्रान्ड फिनालेमा प्रवेश गर्नेछ । त्यसपछि उनीहरू बीचको भोटिङका आधारमा पहिलो द भ्वाइस अफ नेपाल छनौट हुनेछन् । यो ट्यालेन्ट सो प्रतियोगीहरूबीचको प्रतिस्पर्धा मात्र नभएर कोचहरूबीचको प्रतिस्पर्धासमेत भएको निर्देशक पौडेल बताउँछन् । पुरा पढ्नुहोस्

विष्णु माझीको नयाँ गीत

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

नयाँ गीत लोक गीत ‘सालको पातको टपरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । केहि साता अघि सार्वजनिक गरिएको गीत नवराज पन्तले लेखेका हुन् । गीतमा संगीत बसन्त थापाले भरेका छन् । पुरा पढ्नुहोस्

अनुरोधको अभिनय

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य श्रृंखला ट्वाक्क टुक्क रिटन्र्समार्फत एक जना बाल कलाकारले लामो समयदेखि दर्शकलाई हँसाइरहेका छन् । उक्त श्रृंखलाका करिब ७० वटा भागमा अभिनय गरिसकेका अनुरोध अधिकारीले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

हास्यश्रृंखला सुचारु

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

सुचारु भएका श्रृंखलामध्ये मेरी बास्सै मंगलबार, जिरे खुर्सानी बिहीबार तथा भद्रगोल शुक्रबार राति प्रसारण हुन थालेका हुन् । मेरी बास्सैमा धुर्मुस र सुन्तली देखिनेछैनन् । चलचित्रको निर्माणमा सक्रिय हुने तयारीमा रहेका उनीहरूले राजु पौडेल (राजु मास्टर) तथा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लाई मेरी बास्सैको निर्देशन गर्ने जिम्मा दिएका छन् । पुरा पढ्नुहोस्

इमेज एवार्डको मनोनयन सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

इमेज च्यानलले आयोजना गर्ने २० औं संस्करणको इमेज एवार्डका लागि १८ विधाका उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएको छ । उत्कृष्ट पाँच मध्येबाट विजेता छनौट गरी यही असोज २० गते उक्त एवार्ड वितरण गरिने बताइएको छ । यो वर्षको एवार्डमा पनि गीत, संगीत, रचनालगायत म्युजिक भिडियो तथा पब्लिक च्वाइस एवार्ड गरी १८ विधाका उत्कृष्ट ५–५ को मनोनयन सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

ठाउँ एक स्वाद अनेक

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

मिठाईका लागि आफ्नो क्षेत्रमा स्थापित र लोकप्रिय भैसकेको गुलाब स्वीट्समा मिठाईका सबै आइटम त्यहाँ उपलब्ध छन् । त्यसमा पनि लालमोहन, रसबरी र जलेबी बढी अर्डर हुने मिठाई हुन् । गुलाब स्वीट्सको ठ्याक्कै अघि छ, म्यागी नुडलको आउटलेट । जहाँ नुडल र कफी अर्डर गर्न सकिन्छ । पुरा पढ्नुहोस्