देखि

सम्म

साउन ४ देखि १० गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण ४, २०७५

प्रेमप्रस्ताव प्राप्त हुन सक्छ, होस पुर्‍याएर निर्णय गर्नुहोला । योजना तर्जुमा गर्दा ज्येष्ठ व्यक्तिको सुझाव लिनु नै आफ्नो हितमा हुनेछ । अनुशासन तथा लगनशीलताका कारण प्रतिष्ठा प्राप्त हुनेछ । साताको अन्त्यमा आफूले गरेको कामको परिणाम हात लाग्ने सम्भावना छ । स्वास्थमा विशेष ध्यान पुर्‍याउनुहोला । पुरा पढ्नुहोस्

एक वर्षपछि वर्षाको भैरे

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

गत वर्ष प्रदर्शित चलचित्र कारखानापछि अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेको अर्को चलचित्र भैरे करिब १ वर्षपछि आज शुक्रबार प्रदर्शनमा आएको छ । यो चलचित्रमा उनको जोडी बुद्धि तामाङसँग बाँधिएको छ भने दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । पुरा पढ्नुहोस्

काठमाडौंमा नयाँ दिल्लीको ब्यान्ड

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

नयाँ दिल्लीबाट आएको मेनि रुट्स इन्सेम्बल ब्यान्डले आज साँझ झम्सिखेलस्थित इभोक क्याफे एन्ड रेस्ट्रोमा लाइभ पर्फमेन्स दिँदैछ, जहाँ ज्याज, फंक, हिपहप, रेगी, अफ्रिकन, क्लासिकल आदि विधाका गीतहरू सुन्न सकिनेछ । फरक खालका गीत, संगीत एउटै थलोमा सुन्न चाहने हो भने यो इभेन्ट उपयुक्त सावित हुनसक्छ । पुरा पढ्नुहोस्

आजबाट फिल्म हलमा चक्कर

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

आज शुक्रबारदेखि चलचित्र– चक्कर प्रदर्शनमा आएको छ । प्रेम, धोका तथा द्वन्द्वमा आधारित यो चलचित्रमा अर्पण थापा तथा ऋचा शर्मा प्रहरीको गेटअपमा छन् । केही समयअघि यो चलचित्रको बिहानीको किरणसँगै गीत सार्वजनिक भएको थियो, जसले राम्रै प्रतिक्रिया पाएको छ । पुरा पढ्नुहोस्

पानी रंगका चित्र

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

इन्टरनेसनल वाटरकलर सोसाइटी अफ नेपालद्वारा आयोजित उक्त प्रदर्शनीमा एन बी गुरुङ तथा डिराम पाल्पालीका ४० वटा चित्र राखिएको छ । पानी रंगको पेन्टिङलाई अघि बढाउने उद्देश्यले सञ्चालित प्रदर्शनीमा २० हजार देखि ८० हजारसम्मका चित्र विक्रीमा राखिएको छ । पुरा पढ्नुहोस्

पण्डित बाजेको लौरी

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

यो चलचित्र छुवाछूतमा आधारित रहेको चलचित्रका निर्देशक दीपक ओली बताउँछन् । ओलीका अनुसार यो चलचित्रले समाज सुधार्न नसके पनि समाजमा भएको यथार्थ घटनालाई भने राम्रैसँग प्रस्तुत गर्नेछ । पुरा पढ्नुहोस्

सिसा लाउन्जमा ब्लुज गीत

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

ब्लुज गीतका पारखीहरूका लागि भोलि एउटा अवसर जुरेको छ । काठमाडौंका दुई पुराना ब्यान्ड नेवाज तथा टिएमआर ट्रायोले ठमेलको सिसा लाउन्ज एन्ड बारमा लाइभ प्रस्तुति दिँदैछन् । पुरा पढ्नुहोस्

विश्वकप फुटबल–२०१८ को परिणाम कस्तो लाग्यो ?

महेश तिमल्सिना , श्रावण ४, २०७५

मैले सुरुदेखि अन्त्यसम्मका प्राय: सबै खेल हेरेँ, जसमध्ये मलाई फ्रान्सको खेल एकदमै मन पर्‍यो । मैले फ्रान्स र बेल्जियममध्ये एउटा टिम फाइनलमा जान्छ भनेको थिएँ आखिर फ्रान्स फाइनलमा पुग्यो र विश्वकप विजेतासमेत भयो, त्यसैले म यसपटकको विश्वकप फुटबलको परिणामबाट एकदमै खुसी छु । पुरा पढ्नुहोस्

विश्वकपले फेर्‍यो रूसको छवि

एकराज सुवेदी, श्रावण ४, २०७५

सन् २०१८ का लागि फिफा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको समयमा रूसका बारेमा विभिन्न नकारात्मक धारणाहरू थिए । त्यतिबेला रूसका सम्बन्धमा सकारात्मक भन्दा आलोचनाका स्वर धेरै सुनिन्थे । रूसमा आलोचक, पत्रकार वा राजनीतिक प्रतिद्वन्दीहरूलाई जेलमा राखिन्छ वा बेपत्ता पारिन्छ भन्ने आम धारणा समेत थियो । पुरा पढ्नुहोस्

नाफा कि घाटा

साप्ताहिक संवाददाता , श्रावण ४, २०७५

काठमाडौंमा सलोनले निर्वाह गरेको भूमिका अस्ट्रेलियामै बसोबास गर्ने नेपाली युवक आमोश शर्माले निर्वाह गरिरहेका छन् । सलोनको रहर यसअघि गाजलु निर्माण गरिरहेका निर्माता रोहित अधिकारी तथा निर्देशक हेमराज बिसीको क्याम्पबाट अलग हुने पक्कै होइन । सलोनलाई नेपालमै छाडेर अस्ट्रेलियामा अर्कै कलाकार राख्ने चाहना पनि निर्माण पक्षको होइन । भएको चाहिं के हो त ? पुरा पढ्नुहोस्