देखि

सम्म

पागल छ यो मनको मार्‍यो मार्‍यो

साप्ताहिक संवाददाता , असार ७, २०७५

असार २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘पागल छ यो मनको’ रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित उक्त चलचित्रको ‘मार्‍यो मार्‍यो’ गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक भएको हो । पुरा पढ्नुहोस्

फुटबलको मौसममा पुस्तक

किशोर नेपाल, असार ७, २०७५

नेपाली लेखकहरूले जासुसी र अपराध साहित्यको वास्तविक महत्व बुझेको देखिँदैन । छि:, जासुसी उपन्यास पनि के लेख्नु भन्ने मानसिकतामा जकडिएका छन् धेरै लेखक । प्रकाशकहरूले लेखकलाई राम्रोसँग परिचालित गरेको पनि देखिँदैन । फाइन प्रिन्टले सुबिन भट्टराईका उपन्यास प्रकाशित गरेपछि ती उपन्यास ह्वात्तै लोकप्रिय भए । सुबिन अहिले हिन्दी भाषामा उपन्यासकार गुलशन नन्दा जसरी लोकप्रिय थिए त्यसरी नै लोकप्रिय छन् । पुरा पढ्नुहोस्

विपिनको ह्याट्रिक

साप्ताहिक संवाददाता , असार ७, २०७५

धेरैभन्दा धेरै चलचित्रबाट प्रस्ताव आएकाले विपिनले अभिनयलाई निरन्तरता दिइरहे । दर्शकमाझ राम्रो क्रेज भएकाले निर्माताले उनलाई भने जति पारिश्रमिक दिन गाह्रो मानेनन् भने वितरणले पनि उनका चलचित्र लिन हिच्किचाएनन् । पछिल्ला केही महिनायता विपिनले अभिनय गरेका तीन चलचित्र पालैपालो प्रदर्शनमा आए । विडम्बना, तीनवटै चलचित्र व्यवसायिक रूपमा असफल भए । पुरा पढ्नुहोस्

विश्वकप विजेतालाई पैसै–पैसा

साप्ताहिक संवाददाता , असार ७, २०७५

विश्वकपमा सहभागी हुने ३२ वटै मुलुकलाई फिफाले प्रतियोगिताको तयारीका लागि मात्र १६ करोड रुपैयाँ दिनेछ भने फिफाको क्लब बेनिफिट कार्यक्रमअन्तर्गत आफ्ना खेलाडीलाई सम्बन्धित देशबाट विश्वकपमा सहभागी हुन छुट दिने क्लबहरूले पनि २२ अर्ब ४३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक फेयर प्ले ट्रफी जित्ने खेलाडीले ५४ लाख ४० हजार रुपैयाँ छुट्टै प्राप्त गर्नेछन् । पुरा पढ्नुहोस्

तीन महिने सुई र महिनावारी

डा.बालकृष्ण शाह, असार ७, २०७५

धेरै महिलामा आफैं महिनावारी सुरु हुन्छ र कसै–कसैमा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्छ । तीनमहिने सुईकै कारणले तपाईंको महिनावारी नभएजस्तो देखिन्छ । यस्तो अवस्थामा तपाईंलाई गर्भको चाहना भएपछि तीनमहिने सुई छोड्न सक्नुहुन्छ, तर त्यसका लागि केही समय अझै पर्खनुपर्ने देखिन्छ । पुरा पढ्नुहोस्

विश्वकप भकुण्डोको कथा

साप्ताहिक संवाददाता , असार ७, २०७५

एडिडासले पहिलो पटक सन् १९७० मा टेलस्टार नामक फुटबल डिजाइन गरेको थियो । त्यसपछि त्यसैको नामबाट यसको नाम राख्ने गरिएको छ । सन् १९७० को दशकमा ब्ल्याक एन्ड ह्वाइट टीभी प्रचलित भएकाले टीभीमा राम्रोसँग देखियोस् भनेर सेतोका साथै कालो प्यानल भएको फुटबल डिजाइन गरिएको थियो । पुरा पढ्नुहोस्

हेर यी आँखामा

साप्ताहिक संवाददाता , असार ७, २०७५

रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझी आफ्नो नयाँ गीत ‘हेर यी आँखामा’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । पुरा पढ्नुहोस्

योगलाई पर्यटनमुखी बनाऔं

अशोककुमार आले, असार ७, २०७५

भलै भारतले योगको प्रचारप्रसारमा आफ्नो भूमिकालाई व्यापक बनाउँदै लगे पनि योगको जन्मभूमि प्राचीन नेपालको भू–भागमा भएका कारण हामीहरूले यसको श्रेय लिन र यसलाई बजारीकरण गर्न पछि हट्नु हुँदैन । पुरा पढ्नुहोस्