देखि

सम्म

नेपालले विश्वकप खेल्न पाउने सम्भावना प्रशस्तै छ

जनक तिमिल्सिना, महेश तिमल्सिना असार ४, २०७५

मलाई मेसीले नै प्रभावशाली प्रदर्शन गर्लान्जस्तो लाग्छ । व्यक्तिगत खेल हेर्ने हो भने मेसी नै अग्रपंक्तिमा देखिन्छन् । नेयमार चोटसँग जुधिरहेकाले अहिले नै केही भन्न सकिने अवस्था छैन । रोनाल्डोमा स्कोरिङ खुबी छ, तर जति मैदानमा मेसीको प्रभुत्व रहन्छ त्यति रोनाल्डोको प्रभुत्व देखिँदैन । स्कोरिङ लाइनमा रोनाल्डोको प्रदर्शन राम्रो छ, तर व्यक्तिगत रूपमा हेर्ने हो भने मलाई रोनाल्डोभन्दा मेसीको खेल मन पर्छ । पुरा पढ्नुहोस्

उपत्यकाबाहिरका कलेजहरू पनि अब्बल दर्जामा

साप्ताहिक संवाददाता , असार ४, २०७५

निर्धक्क र निडर रूपमा आफ्ना कुरा व्यक्त गर्ने लेखक हुन्— कुमार नगरकोटी (यात्रा सन्दर्भ : मेरो अतीत पतित छ) । लेखनमा उनले कुनै कुरा लुकाए जस्तो लाग्दैन । लेखक भनेको नगरकोटीजस्तै हुनुपर्छ । पुरा पढ्नुहोस्

नेपाली फुटबल विश्लेषकको भविष्यवाणी

साप्ताहिक संवाददाता , असार ४, २०७५

रसियामा जारी विश्व फुटबलको २१ औं संस्करणमा संसारभरका फुटबलप्रेमीहरूको ध्यान केन्द्रित भएको छ । फुटबलको महाकुम्भ, त्यसमा सहभागी ३२ टिमले गर्ने प्रदर्शन, विश्वका ठूला स्टारहरूको परफन्मेन्स आदिलाई लिएर यतिबेला विश्वभर नै चर्चा र बहस चलिरहेको छ । पुरा पढ्नुहोस्

मरिष्काको प्राण दृष्यमा

साप्ताहिक संवाददाता , असार ४, २०७५

चलचित्र तथा विभिन्न गीतका म्यूजिक भिडियोमा मोडल तथा अभिनेत्रीका रुपमा देखिएकी मरिष्का पोख्रेलले निर्देशन गरेको दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफूले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मरिष्का कलाकारका रुपमा पनि देखा परेकी छिन् । पुरा पढ्नुहोस्

पूर्वमा विश्वकप फुटबलको रौनक

सरोज बस्नेत, असार ४, २०७५

विश्वकप फुटबल रसियामा चल्दा नेपालमा भने सट्टाबाजी मौलाउने निश्चित छ । मनोरञ्जनका नाममा सट्टाबाजीले विकृतिसमेत सिर्जना गरिरहेको छ । विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सट्टाबाजी गर्ने नेपालीहरू घरबारविहीनसमेत भएका छन् । सट्टाबाजी गराउने कम्पनीका वेबसाइटमा आफ्नो अकाउन्ट खोलेर नेपालमा स्थानीय एजेन्ट खोज्ने र उनीहरूमार्फत ग्राहक खोजेर सट्टाबाजी गराइएको पाइन्छ । पुरा पढ्नुहोस्

गायक चौलागाईंको किराना पसल सार्वजनिक

साप्ताहिक संवाददाता , असार ४, २०७५

गायक युवराज चौलागाईं आफ्नो नयाँ गीत ‘किराना पसल...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । क्षितिज सापकोटाको शब्द तथा संगीतको उक्त रोमान्टिक गीतमा संगीतकार राजन इशानको संगीत संयोजन छ । पुरा पढ्नुहोस्

विश्वकपको खर्च १४ खर्ब रूपैँया

साप्ताहिक संवाददाता , असार ४, २०७५

विश्वकपको समयमा पर्यटन, ड्रिक्स तथा फुडमा ४ खर्ब रुपैयाँ खर्च हुनेछ । विश्वकपसँग सम्बन्धित पर्यटन क्षेत्रका लागि ३ खर्ब २० अर्ब तथा ड्रिंक्स एवं फुडमा ८० अर्ब रुपैयाँ खर्च हुनेछ । रूसमा हुने विश्वकपको आधिकारिक बजेट करिब २१ खर्ब रुपैयाँ मात्र थियो । उक्त बजेट खास गरी स्टेडियमका लागि मात्र निर्धारण गरिएको थियो । पुरा पढ्नुहोस्

करोडौंको जर्सी बजार

महेश तिमल्सिना , असार ४, २०७५

बजारमा फुटबल फ्यानको आवश्यकता, क्षमता तथा प्रकृतिका आधारमा जर्सी उपलब्ध छन् । बजारमा यतिबेला ए, बी र सी ग्रेडका जर्सी खरिद गर्न सकिन्छ । ए र बी ग्रेडका जर्सी सी ग्रेडको तुलनामा महँगा जर्सीमा पर्छन् । ए र बी ग्रेडका जर्सी बिक्री गर्दै आएका कर्माचार्यको पसलमा ९ सय ५० देखि १६ सय रुपैयाँसम्मका जर्सी उपलब्ध छन् भने बालबालिकाका लागि ७ सय ५० सम्ममा जर्सी किन्न सकिन्छ । पुरा पढ्नुहोस्

निश्चललाई पनि २५

साप्ताहिक संवाददाता , असार ४, २०७५

अनमोल केसी, प्रदीप खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, विपिन कार्की आदि अभिनेताले २० लाख रुपैयाँभन्दा कम पारिश्रमिकमा काम गर्न छाडिसके । अहिले आएर निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि यही कोटीमा उक्लिएका छन् । पुरा पढ्नुहोस्