देखि

सम्म

पाँच सयमा सकियो विवाह

सुव्रत आचार्य, मंसिर ६, २०७४

त्यतिबेलासम्म न त सत्यमोहनले राधादेवीलाई देखेका थिए, न त राधादेवीले सत्यमोहनलाई नै । ‘विवाह नभएसम्म दुलहीले दुलाहा र दुलाहाले दुलहीलाई हेर्ने वा भेट्ने चलन थिएन । न उनले मलाई देखिन् न मैले उनलाई, तर विवाह हुने कुरा भने पक्का भैसकेको थियो ।’ नेपाली संस्कृतिका जिउँदो इतिहास जोशीले हास्दै सुनाए । पुरा पढ्नुहोस्

झरनाका विवाह अघि र पछिका पल

साप्ताहिक संवाददाता , मंसिर ६, २०७४

विवाहअघिकी छोरी हुनुजस्तै विवाहपछि घरकी बुहारी हुनु उत्तिकै गार्‍हो छ । मेरो हकमा भने सुनिलजी (निर्माता सुनिलकुमार थापा) को परिवारले बुहारीभन्दा पनि छोरीको जस्तो व्यवहार गर्नुभयो, जसले गर्दा मैले बुहारी हुँदा पनि सहज महसुस गर्न सकेँ । पुरा पढ्नुहोस्

ब्राइडल मेकअप

अम्बु रुचाल, मंसिर ६, २०७४

दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिपबाम लगाउनुपर्छ । अनुहारको मेकअप सकुन्जेल लिप नरम भै आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीका लागि हल्का ग्लसी लिपिस्टिक उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

हनिमुन @ पोखरा

राजाराम पौडेल, मंसिर ६, २०७४

विवाहपश्चात हनिमुन मनाउन जाने चलनसमेत बढ्दैछ । अहिले विवाहअघि नै विवाहपश्चात् गर्ने कामको योजना बनाइन्छ । नवविवाहित जोडीले विवाहपश्चात् रमणीय ठाउँमा पुगेर विवाहको मज्जा मात्र लिँदैनन्, भविष्यका योजना समेत बनाउँछन् । हनिमुनलाई सुखद बनाउन नवजोडीले विभिन्न ठाउँ रोज्छन् । तीमध्ये प्राथमिकतामा पर्ने स्थान हो— पोखरा । पुरा पढ्नुहोस्

मयूर ड्रेस

साप्ताहिक संवाददाता , मंसिर ६, २०७४

फेसन डिजाइनर भिरा वङले २ हजारभन्दा बढी मयूरको प्वाँख प्रयोग गरेर तयार पारेको विवाह पहिरनलाई विश्वकै महँगो दुलही पहिरन मानिन्छ । पशु अधिकारकर्मीहरूले विरोध गरे पनि वङले आठ जना सहयोगीका साथ उक्त पहिरन तयार पारेकी थिइन्, जुन पहिरनको मूल्य १५ करोड ६० लाख रुपैयाँ छ । पुरा पढ्नुहोस्

उत्साहित लक्ष्मी

एजेन्सी, मंसिर ६, २०७४

एनआर पचिसियाले मुम्बई उच्च न्यायालयमा जुली–२ का अर्का निर्माता निहलानी तथा निर्देशक दीपक शिवदासानीविरुद्ध मुद्दा दर्ता गरेपछि यसको प्रदर्शन मिति अनिश्चित भएको थियो । अहिले ती दुवै निर्माताबीच सहमति भैसकेको छ । चलचित्र प्रदर्शन हुने भएपछि अभिनेत्री लक्ष्मीले यो खबरबाट आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएकी छिन् । पुरा पढ्नुहोस्

फेरिए श्रृष्टीका प्रेमी

साप्ताहिक संवाददाता , मंसिर ६, २०७४

चलचित्र क्षेमा प्रेम र प्रेमीका माम्लामा दिगो प्रेम कमैको मात्रै देख्न पाईन्छ । कला क्षेत्रका धेरै जोडी विवाह पछि पनि छुट्टिदै गएका थुप्रै उदाहरणको बीचमा प्रेममा पनि धेरै ट्रयाजिटी र पटक पटकको प्रेम देख्न सकिन्छ । पछिल्लो समय अभिनेता सौगात मल्लको प्रेममा रहेकी अभिनेत्री हुन्– श्रृष्टी श्रेष्ठ । यतिबेला उनका प्रेमी पनि फेरिएका छन् । पुरा पढ्नुहोस्

नाटक मार्फत मतदान शिक्षा

साप्ताहिक संवाददाता , मंसिर ६, २०७४

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्य रहेको नाटक ‘महादान’ यतिबेला देशको बिभिन्न स्थानमा मञ्चन भइरहेको छ । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मंसिरको निर्वाचनलाई मध्यनजर गरेर बिभिन्न भागमा फैलिएका २० नाट्य टोली नाटक ‘महादान’ मार्फत मतदान शिक्षा प्रदान गर्दै हिडिरहेका छन् । पुरा पढ्नुहोस्

मिस इन्टकन्टिनेन्टल वर्षा

साप्ताहिक संवाददाता , मंसिर ६, २०७४

वर्षा शर्मा पहिलो संस्कणको मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ को विजेता बन्न सफल भएकी छिन् । विजेता भएसंगै उनले श्रीलंकामा संचालन हुने मिस इन्टरकन्टिनेन्टल २०१७ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । पुरा पढ्नुहोस्