देखि

सम्म

संगीतकार नै गीतको पहिलो गायक

कृष्ण भट्टराई, कार्तिक २८, २०७४

यतिबेला सांगीतिक क्षेत्रमा एउटा नयाँ बहस छेडिएको छ । गायक–गायिकाले गीतकार तथा संगीतकारलाई उचित सम्मान दिन नसकेको गुनासो पनि उत्तिकै सुन्न थालिएको छ । गीतको वास्तविक सर्जक गीतकार तथा संगीतकार भए पनि गायक–गायिकाले कन्सर्टमा प्रस्तुत हुँदा आफ्नो नाम समेत उच्चारण नगर्ने गुनासो गीतकार तथा संगीतकारहरूको छ । पुरा पढ्नुहोस्

निर्वाचनका रोचक परिदृश्य

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७४

१० र २१ मंसिरमा दुई चरणमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणमा ३२ वटा हिमाली जिल्ला तथा दोस्रो चरणमा ४५ वटा पहाडी एवं तराईका जिल्लामा निर्वाचन हुन लागेको हो ।आगामी ५ वर्षका लागि केन्द्रीय सरकार तथा प्रदेश सरकार निर्माण गर्ने यो निर्वाचनलाई लिएर यतिबेला प्रमुख दलहरू कडा चुनावी प्रतिस्पर्धामा छन् । पुरा पढ्नुहोस्

जर्मनीको कीर्तिमानी छनौट यात्रा

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

जर्मन फुटबल वास्तवमै कति बलियो छ ? यसको उत्तर उसले तय गरेको छनौट यात्राबाट समेत प्रस्ट हुन्छ । भलै घरेलु फुटबलमा जर्मनी स्पेनको ला लिगा तथा इंग्ल्यान्डको प्रिमियर लिग भन्दा पछाडि छ, तर बुंडेसलिगाको आधार बलियो मानिन्छ र त्यसकै परिणाम हो, जर्मन राष्ट्रिय टिमको लगातार राम्रो प्रदर्शन । पुरा पढ्नुहोस्

बढी ब्याजको आशामा ठगिए सर्वसाधारण

राजाराम पौडेल, कार्तिक २७, २०७४

मोटो रकम ठगी गरेको आरोपमा पक्राउ परेकी देवकुमारी भुजेल (थापा) तथा उनका पति लक्ष्यबहादुर थापालाई पुर्पक्षका लागि जिल्ला कारागार, कास्की पठाइएको छ । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले उनीहरूलाई मुलुकी ऐन ११८ को देहाय २ अनुसार मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । पुरा पढ्नुहोस्

नाइँ नभन्नु लकी ऋचा

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

सुपरहिट चलचित्र ‘नाइँ नभन्नु ल’को पहिलो श्रृंखलाबाट उदाएकी अभिनेत्री ऋचासिंह ठकुरी केही वर्षयता चलचित्र क्षेत्रबाट हराएकी थिइन् । करिब आधा दर्जन चलचित्रमा देखिएपछि उनले सुटुक्क विवाह गरेको चर्चा सुनियो । त्यसपछि ऋचा श्रीमान्सँग अस्ट्रेलियामा थिइन् । पुरा पढ्नुहोस्

शाहरूखको धमाका

एजेन्सी, कार्तिक २८, २०७४

शाहरूखलाई एउटा सफल चलचित्रको खाँचो रहेको र त्यसपछि उनको पुरानो शाख फर्कने बताइरहेका छन् । यसबीच शाहरूख एउटा नयाँ चलचित्र निर्माण गर्दैछन्, जसलाई आनन्द एल रायले निर्देशन गर्नेछन् । चलचित्रमा लोकप्रिय अनुहारहरू नै आवद्ध हुँदैछन् । पुरा पढ्नुहोस्

पहिलो भटैमा वर्षा र कर्माको जोडी

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

गायक सञ्जीव पराजुली तथा गायिका टिका प्रसाईंको एक नयाँ युगल गीत सार्वजनिक भएको छ । ‘पहिलो भेटैमा’बोलको उक्त युगल गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । गायक पराजुलीको एल्वम ‘त्यो सपना’ भित्र संग्रहित उक्त गीतमा होमनाथ न्यौपानेको शब्द तथा दीपक भट्टराईको संगीत रहेको छ । पुरा पढ्नुहोस्

सुरज श्रेष्ठको कालो कपाल

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल...गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । पुरा पढ्नुहोस्

फुर्केको पहिलो पोस्टर

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य ३ कलाकारलाई देखाईएको छ । चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतका कलाकारले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

हयाप्पी डेजको बेलायत यात्रा

कुशल श्रेष्ठ, कार्तिक २८, २०७४

नेपाल बाहिर फिल्म निर्माण आफैमा चुनौतीपूर्ण भएको बताउँदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो मौसम, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत फिल्म राम्रो बनेकोमा खुशी व्यक्त गरेकी थिइन् । पुरा पढ्नुहोस्

मंसिर १५ देखि देशभर फिक्का

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७४

ग्रामिण क्षेत्रमा व्याप्त गरिवीको विषयवस्तुमा आधारित चलचित्र ‘फिक्का’ को सार्वजनिक प्रदर्शन मंसिर १५ गतेदेखि प्रारम्भ हुने भएको छ । पारिवारिक प्रेमकथालाई समेत चित्रण गरिएको उक्त चलचित्रको निर्माण नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन् । पुरा पढ्नुहोस्