देखि

सम्म

भदौ २ देखि ८ गतेसम्मको साप्ताहिक राशीफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र २, २०७४

शुभचिन्तकहरूले सभा तथा गोष्ठीमा सहभागी हुने निमन्त्रणा पठाउनेछन् । छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूबाट टाढै रहनुहोला । गफगाफ तथा मनोरञ्जनका क्रममा परिचित मित्रहरूसँग आर्थिक कारोबार नगर्नुमै आफ्नो भलो छ । पुरा पढ्नुहोस्

ग्याङस्टर ब्लुज

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

मधेसमा हुने भूमिगत अपराध तथा उनीहरूको क्रियाकलाप नेपाली चलचित्रको मुख्य विषय बन्दै गएको छ । होस्टेल, जेरी, सम्बोधनजस्ता चलचित्रको निर्देशनपछि चर्चामा आएका निर्देशक हेमराज बिसीको चौथो निर्देशकीय चलचित्र ‘ग्याङस्टर ब्लुज’ मधेस अपराधमै केन्द्रित छ । पुरा पढ्नुहोस्

भुइँमान्छे

साप्ताहिक संवाददाता , भाद्र १, २०७४

कुनै बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखलाहरूमा रमेश बुढाथोकी कलाकार एवं निर्देशकका रूपमा जमेका थिए । रंगमञ्च, टेलिचलचित्र तथा चलचित्रहरूमा आफ्नो जीवन व्यतीत गरेका अभिनेता बुढाथोकी धेरै वर्षपछि चलचित्र ‘भुइँमान्छे’मा केन्द्रीय भूमिकामा प्रस्तुत भएका छन् । पुरा पढ्नुहोस्

को १ छ, छ १ छ

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

संगीतकार रोशनराज थापाको कथा तथा निर्देशनमा तयार भएको नाटक ‘को १ छ, छ १ छ’ अनाम नगरस्थित मण्डला नाटकघरमा मञ्चन भैरहेको छ । यो नाटकमा छोटो दूरीको कुनै यात्राका क्रममा एउटी युवतीलाई देखेपछि एउटा युवकमा सिर्जना हुने मानसिक उथलपुथललाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

बाढीपहिरो पीडितको सहयोगमा

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

बाढीपहिरो पीडितहरूको सहयोग संकलनका लागि त्रिपुरेश्वरस्थित युडब्ल्युटिसीको पाचौँ तल्लामा अवस्थित कर्मा लाउञ्जले लाइभ शो ‘लेटस् युनाइट’ को आयोजना गर्दैछ । कर्माका सञ्चालक तथा गायक रविन श्रेष्ठका अनुसार उक्त लाइभ शोबाट संकलन हुने रकम बाढीपहिरो पीडितको सहयोगार्थ खर्च गरिनेछ । पुरा पढ्नुहोस्

यस्तो पो प्रतिस्पर्धा

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

चलचित्र क्षेत्रमा अभिनेता अनमोल केसी तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको तुलनासमेत भैरहेको हुन्छ । चलचित्र ड्रिम्समार्फत एकसाथ रजतपटमा पदार्पण गरेकाले पनि उनीहरूबीच थाहा नपाउने शैलीको प्रतिस्पर्धा चलिरहेको छ । पुरा पढ्नुहोस्

स्तन महिलाको सहायक प्रजनन् अङ्ग हो

डा. सुमनराज ताम्राकार, भाद्र २, २०७४

स्तन महिलाको सहायक प्रजनन् अङ्ग हो । महिलाको छातीमा रहने यी विशेष ग्रन्थिहरू शिशुको पोषणका लागि जस्तै गरी यौनका दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण छ । स्तनमा दूध बनाउने ग्रन्थि, दूध ग्रन्थिबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा, मुन्टा वरिपरिका भाग, रेसीय तन्तु एवं बोसो हुन्छ । पुरा पढ्नुहोस्

रेडक्रसको विपद् एप

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

आकस्मिक रूपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? त्यसबाट तत्काल कसरी जोगिन सकिन्छ ? यी र यस्तै विभिन्न रोगका प्रश्नका प्राथमिक उपचारको खोजी गर्दै नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेसन एप तयार पारेको छ । पुरा पढ्नुहोस्

गेटसेक्सी २ काठमाडौं

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

नेपाल टुरमा निस्किएको ‘स्प्लाइस ग्य्रान्ड गेट सेक्सी पुल पार्टी’ को दोस्रो श्रृंखलामा डिजे सेसनमा पौडी खेल्दै र भिज्दै नाच्ने व्यवस्था मात्र होइन आयोजक सिएनआई इभेन्टस्ले फायर डान्स, बेली डान्स, जुम्बा डान्स, अक्वा जुम्बा, लाइभ म्युजिक, डान्स आदि गर्ने चाँजोपाँजो पनि मिलाएको छ । पुरा पढ्नुहोस्

बाढीपीडितका लागि कलाकारको अग्रसरता

साप्ताहिक संवाददाता , भाद्र २, २०७४

अभिनेता सीताराम कट्टेल बाढी आएको दोस्रो दिन अर्थात् गत आइतबार नै तराई झरेर राहत तथा उद्धारमा सहभागी भैसकेका छन् भने काठमाडौंमा रहेका थुप्रै कलाकारले सहयोगको घोषणा गरेका छन् । कतिपय कलाकार यही साता राहत सामग्रीसहित तराई झर्ने तयारी गर्दैछन् । पुरा पढ्नुहोस्