विकेन्ड

काठमाडौंमा जमैकाका परिकार

- साप्ताहिक संवाददाता


नयाँ स्वादको पारखी हुनुहुन्छ ? एउटै थलोमा फरक देश तथा फरक क्षेत्रको स्वाद लिन चाहनेहरूको रहर होटल याक एन्ड यतीले मेटाइदिँदैछ । यही भदौ २० देखि भदौ ३० गतेसम्म होटल याक एन्ड यतीमा आयोजना हुने ‘एक्सपेरियन्स जमैका’ शीर्षकको यो फुड फेस्टिभलमा क्यारेबियन टापु क्षेत्रका परिकारहरू चाख्न पाइनेछ । यो फेस्टिबलका क्रममा अनुभवि सेफले तयार पारेका जर्क चिकेन, जर्क पोर्क, क्यारेबियन पेपर पट सुप, क्याबेज एन्ड साल्ट फिस, जमैकन जुस प्याटिज, पोट्याटो एण्ड म्यांगो पिक जस्ता परिकार अर्डर गर्न सकिनेछ । यसअघि होटल याक एन्ड यतीले म्यांगो मनिला, श्रीलंकन फुड फेस्टिबल, नेपाली मेनु फर नेपाली न्यू–इयर–२०७५, चाइनिज न्यू–इयर–२०१८ जस्ता फुड फेस्टिबल सम्पन्न गरिसकेको छ । 

समय : साँझ ६:३० देखि १० : ३० सम्म
स्थान : होटल याक एन्ड यती, सनराइज रेस्टुराँ
प्रवेश : २ हजार २ सय ५० रुपैयाँ । (ककटेल सहित)

प्रकाशित: भाद्र २६, २०७५