कुराकानी

आजसम्म तीजको व्रत बसेकी छैन

करिश्मा ढकाल, मोडल

- महेश तिमल्सिना


तीज गीतमा अभिनय गर्न थाल्नुभएको कति भयो ?
तीन वर्ष । 

अहिलेसम्म कतिवटा तीज गीतमा अभिनय गर्नुभयो ?
मैले यो तीन वर्षको अवधिमा करिव २ सयभन्दा बढी तीज गीतमा अभिनय गरिसकेकी छु ।
 
एउटा भिडियोमा अभिनय गरेबापत कति पारिश्रमिक लिनुहुन्छ ? 

१५ हजार । 

तपाईंले पहिलो पटक अभिनय गरेको तीज गीत कुन हो ? 
वसन्त थापा र लक्ष्मी मल्लको सेल्फी सेल्फी गीत । 

यसपालिका तीज गीत कस्ता लागिरहेका छन् ? 
विगतका वर्षहरूमा जस्तो खासै उत्कृष्ट त छैनन् । यद्यपि विगतका वर्षहरूका जस्तो भड्किला गीत पनि आएका छैनन् । गीतहरू मौलिक नै छन् । 

अरूले अभिनय गरेका भिडियो कत्तिको हेर्नुहुन्छ ? 
जसले अरूको कामलाई सम्मान गर्छ उसैले प्रगति गर्छ । त्यसैले म अरूको सिर्जना राम्रोसँग हेर्छु  अनि सम्मान पनि गर्छु । तीनले मलाई धेरै कुरा सिकाएका छन् ।  

तपाईंलाई यो वर्षको मन परेको तीज गीतको भिडियो कुन हो ? 
खिस्स हाँस्ने छोरो । जुन गीतले युट्युबमा पनि उत्कृष्ट भ्युज पाएको छ अनि त्यसमा मैले नै अभिनय गरेकी छु । असाध्यै मन परेको छ । 

तीजको व्रत बस्नुहुन्छ ? 
बस्दिनँ, म आजसम्म तीजको व्रत बसेकी छैन ।  

किन ? 
तीजका बेलामा कार्यक्रमतिर हिँड्नुपर्ने भएकाले व्रत बस्दा गाह्रो हुन्छ, त्यसैले म कहिल्यै तीजको व्रत बस्दिनँ । 
 

प्रकाशित: भाद्र २४, २०७५