मनोरञ्जन समाचार

हरिशामा परिवर्तन

- साप्ताहिक संवाददाता


कुनै बेला यौनका बारेमा खुल्लम–खुल्ला धारणा व्यक्त गर्ने कुनै मोडल, नृत्यांगना तथा कलाकारमा १ सय ८० डिग्रीको परिवर्तन आएको सुन्दा पत्याउन गाह्रो पर्छ । कुनै बेला ‘सेक्स भनेको खाना खाए जस्तै हो’ भन्ने अभिनेत्री तथा नृत्यांगना हरिशा बानियाँ अहिले कलाकारितासँगै समाजसेवामा समेत सक्रिय छिन् । 

भुनियाँको उपनामले समेत चिनिने हरिशा अचेल बालबालिका तथा वृद्ध–वृद्धाको सेवा एवं सहयोगमा अग्रसर हुन थालेकी छिन् । अघिल्लो वर्ष मोरङको उर्लावारीस्थित नमुना बाल गृहमा आश्रित बालबालिकाहरूलाई खाना ख्वाएर समाजसेवामा लागेकी हरिशा अहिले फुर्सद हुने बित्तिकै कुनै न कुनै बाल तथा वृद्धाश्रममा पुगेर उनीहरूसँग केही समय बिताउँछिन् । 

‘मलाई समाजसेवा गर्दा आनन्द आउँछ, हरिशा भन्छिन्, मैले गर्ने आम्दानीको एउटा निश्चित अंश समाजसेवामै खर्च गर्ने योजना अनुसार अघि बढेकी छु । जमलस्थित राष्ट्रिय नाचघरमा प्रस्तुत भैरहेको गाईजात्रा महोत्सवमा हरिशाको आइटम नृत्य हेर्न पाइन्छ ।

प्रकाशित: भाद्र २२, २०७५