अब हाम्रो पालो

आफ्नो जीवनबाट कुनै एउटा कुरा हटाउन चाहे के हटाउनुहुन्छ ?

- साप्ताहिक संवाददाता


श्रीमती, न विगत सोच्नुपर्ने न वर्तमानको अभाव, न भविष्यको चिन्ता । एक्लो जीवन साँच्चै सुन्दर अनि रंगीन हुने थियो । 
रविन 

भोक लाग्ने बानी । पेटलाई एकथरी भोक अनि मनलाई अर्कोथरी भोक । कसरी हो भोक लाग्ने बानी हटाउनुपरेको छ । साह्रै गरिब अनि हरिप भइयो सर । 
प्रवेश थापा 

कसैका निम्ति मुटुभित्र कोचिएर बसेको माया । त्यो माया जसको नशा लागेपछि कुनै ब्रान्डेड रक्सीको नशा पनि फिक्का सावित हुन थाल्छ । 
सन्दीप सुवाल 

पैसाप्रतिको मोह । अझ समाज अन्धो भा’को छ पैसाले गर्दा । यदि पैसाप्रतिको मोह कम भयो भने अवश्य नै समाज परिवर्तन हुने थियो । 
विजय भुसाल 

हामी नेपाली युवाहरूको बाध्यता अनि विवशता हो— बिदेसिनु । आफ्ना सारा दु:ख हटाउँछु भन्ने इच्छा, आकांक्षा बोकी आफूलाई जीवन दिने बुवाआमालाई छाडेर अनि आफ्नी जीवनसंगिनीसँग टाढा रहेर बस्नुपर्ने बाध्यता छ । यदि त्यस्तो बाध्यता हुँदैनथ्यो भने म मेरी प्यारी श्रीमती अनि आमासँगको दूरी हटाउने थिए । 
तिम्रो नक्कले कान्छा 

यदि हटाउन मिल्ने भए म यो मनलाई नै हटाइदिन्थें, जसका कारण म सधैं कमजोर सावित भैरहेको छु । 
रोहन राना 

मेरो विचारमा पैसो । जताततै पैसो, पैसो, पैसो । यो पैसो नभएको भए सायद संसारमा कुनै समस्या रहँदैनथ्यो । 
डल्ली कान्छी 

चिसो पिउने बानी । अलिकति गर्मी चढ्यो कि चिसो पिउन लागिहाल्छ । म त चिसोको दास नै भएछु । 
दीपक तामाङ 

रिस, एकछिनको रिसले मानिसहरू जीवनभर पछुताउने काम गर्छन् । 
श्रेष्ठ विवेक 

५ वर्ष सँगै पढ्दा लगा’को माया, जुन सफल हुन सकेन । 
कृष्ण भण्डारी 

फेसबुक चलाउने बानी । 
विपिन विमली 

उनको याद । 
विशाल अधिकारी 

टेन्सन ।
मनमाहेन गुरुङ

निराशा र लोभ ।
हिमाल खतिवडा 

नराम्रो सोचाइ ।
समीर खतिवडा 

खैनी ।
पुष्प अधिकारी 

मन ।
लिम सान्टोस 

पेट, मलाई लाग्छ यो पापी पेटले नै सबैलाई पापी बनाएको हो । 
बुलबुल 

म मेरा विगतका नराम्रा सम्झना मेट्न चाहन्छु । 
युवराज आचार्य 

अल्छीपन र अरूको आश । मेरो मात्र होइन, यो देशका हरेकको, तब मात्र बन्नेछ नयाँ नेपाल ।
मनोज कैनी 

बढी गोरो छु, गहुगोरो बन्ने काम गर्ने थिएँ । 
तिलुबाबा 

धेरै किताब पढ्ने आदत कम गरी सीमित अध्ययन गर्ने थिएँ । 
डा. एलिया अर्याल 

नराम्रा लाग्ने सबै कुरा हटाउनु जाती । मैले हटाउन चाहेको कुरा पश्चाताप हो । कामपछिको फल जे होस्, स्वीकार गर्नुपर्छ । 
महेन्द्रबहादुर विष्ट 

देशमा जबरजस्ती थोपरिएको संघीयता । 
बकुल्लो 

सुखी र सम्पन्न हुने महत्वकांक्षा, जसले कहिल्यै शान्तसँग बाँच्न दिएन, सामाजिक कार्यमा लाग्न दिएन । 
डिबी थापा 

पैसा कमाउने तनाव । सबैजसोलाई हुने यो तनाव आफूबाट हटाउन मन छ । 
नवराज पराजुली 

कमजोरी हटाइदिने थिए । 
मन्जु पौडेल 

फेसबुक र ट्विटरका नचाहिँदा साथीहरू । 
सरोज कटवाल 

छिट्टै विश्वास गर्ने बानी । 
पोखरेल पूर्ण 

प्रकाशित: भाद्र १९, २०७५