पहिलो विश्व

छाता पनि ज्याकेट पनि

- साप्ताहिक संवाददाता


पानी पर्दा सबैले खोज्ने वस्तु भनेकै छाता हो । छाता वर्षाको भरपर्दो साथी भए पनि अरू बेला बोक्न र ओढ्नै पर्दा पनि झन्झटिलो सामग्री हो । यही झन्झट कम होस् भनेर बेलायतका एक डिजाइनरले नौलो किसिमको छाता बजारमा ल्याएका छन् । 

बेलायतमा वर्षा महिना सुरु हुन लागेको मौका छोपेर ‘अम्ब्रेला ज्याकेट’ बजारमा ल्याइएको छ । लगाउन, पट्याउन र हिँड्डुल गर्दा दुवै हात सजिलै चलाउन मिल्ने यो ज्याकेटले व्यापक लोकप्रियतासमेत पाइरहेको छ । अहिले बेलायतको स्थानीय बजारमा यसको मूल्य करिब १ हजार ६ सय रुपैयाँ पर्छ ।

प्रकाशित: भाद्र ७, २०७५