पहिलो विश्व

आयो मास्टुरडेटिङ

- साप्ताहिक संवाददाता


मास्टुरडेटिङ शब्दलाई धेरैले यौनसँग सम्बन्धित शब्दका रूपमा बुझेका छन् । यद्यपि यो युवा–युवतीहरूमा देखा परेको डेटिङको नयाँ चलन हो । मानिसहरूको झुकाव सामाजिक सञ्जालमा बढ्दै गएपछि धेरै कुरा र व्यवहार पनि भर्चुअल हुन थालेको छ । यस्तो अवस्थामा आफूले आफैंलाई डेटिङमा लाने यो परम्परालाई मास्टुरडेटिङ भनिएको छ । 

अमेरिकी टेलिभिजनमा राति प्रसारण हुने लेट नाइट विथ कोनान ओ ब्रायन शोमा यो शैलीको व्याख्या गरिएको थियो । अहिले पश्चिमी मुलुकमा मास्टुरडेटिङ लोकप्रिय हुन थालेको छ । मास्टुरडेटिङ शब्द यौनिक विषयसँग सम्बन्धित लागे पनि यो आफैंले आफूलाई आनन्द प्रदान गर्ने कला हो । यो कलामा कुनै पनि व्यक्तिले एक्लै आफूलाई मन परेको सिनेमा हेर्न लाने, राम्रो रेस्टुराँमा गएर खाने वा कुनै ठाउँमा पुगेर घुम्ने भन्ने हुन्छ । 

यो कला एक्लै आफूले आफैंलाई आनन्दित तुल्याउने कला हो । आफूले आफैंलाई समय दिनु निकै महत्वपूर्ण काम हो । प्रोजेक्ट लभ डेटिङ साइटका सेलिना तथा भिक्कि भन्छन्– आफैंले आफैंसंग डेटिङ गरेर आफू के हुँ भन्ने कुरा थाहा पाउनु नै अहिले सर्वाधिक महत्वपूर्ण हुँदै गएको छ ।

प्रकाशित: श्रावण ३१, २०७५