पत्याउनु हुन्छ?
चिप्लेकीराको दौड
हामी सामान्य अवस्थामा पनि बिस्तारै हिँड्ने अल्छीलाई कति बिस्तारै हिँडेको चिप्लेकीराजस्तो भन्छौं । त्यही चिप्लेकीराको पनि दौड आयोजित गरिन्छ भन्ने कुरा सुन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ ।
पूर्वी इङ्ल्यान्डको नोरक्लाफ सहरमा गत २१ जुलाईमा त्यही चिप्लेकीराको दौड सम्पन्न भएको छ, जसमा १ सय ५० भन्दा बढी चिप्लेकीरा सहभागी थिए । विजेता चिप्लेकीरालाई सलादको पातले भरिएको चाँदीको सानो ट्यांकर आकारको ट्रफी प्रदान गरिएको थियो ।
चिप्लेकीराको उक्त दौडको दूरी ३३ सेन्टिमिटर थियो । यस्तो दौड विगत ६० वर्षदेखि आयोजना भैरहेको बताइन्छ ।