मनोरञ्जन समाचार

सुध्रिइन् ज्योति

- साप्ताहिक संवाददाता


नेपाली कलाकारहरू छिट्टै चर्चामा आउन अनेकन् गतिविधिमा संलग्न भैरहेका हुन्छन् । त्यस क्रममा विगत केही वर्षयता लोकदोहोरी गायिका ज्योति मगर उत्तेजक व्यवहार देखाएर चर्चामा आइन् । उनी जहाँ–जहाँ पुग्थिन् त्यहाँ–त्यहाँ सबैको नजरमा पर्थिन् । अझ भन्ने हो भने ज्योति मिडियाको नजरबाट कहिल्यै उम्कन सकिनन् । 

विशेष गरी उनले गाएका गीतमा भड्किला शब्द तथा म्युजिक भिडियोको अभिनयमा लगाइएका छोटा पहिरनका कारण उनी निरन्तर आलोचित भैरहिन् । यद्यपि यस पटकको तीजको अवसरमा तिनै ज्योतिले विकृति र स्याल कुखुरी बोलका दुईवटा तीज गीत बजारमा ल्याएकी छिन् । 

विगतका वर्षजस्तो यो वर्ष उनका गीत खासै भड्किला छैनन् । उनले सभ्य भएर भिडियोमा अभिनय गरेको जो–कसैले अनुभव गर्न सक्छन् । त्यसैले पनि धेरैले भन्न थालेका छन्– अब ज्योति मगर सुध्रिछिन् ।

 

प्रकाशित: श्रावण २७, २०७५