साइन्स एण्ड टेक्नो
हुवावेका दुई स्मार्टफोन
हुवावेको नोभा सिरिजअन्तर्गतका ‘नोभा थ्री’ तथा ‘नोभा थ्री आई’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । नोभा थ्री तथा नोभा थ्री आई दुवैमा २४ मेगापिक्सेल प्राइमरी क्यामेरा एवं २ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा जडान गरिएको छ ।
नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामेराका साथै आर्टिफिसियल इन्टेलिजन्स (एआई) जडान गरिएको छ । दुवै फोनमा दुईवटा फ्रन्ट क्यामेरा छन्, २४ एमपी प्राइमेरी क्यामेरा तथा २ एमपीको सेकेन्डरी क्यामेरा ।
यी फोनले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्बिर खिच्ने दाबी कम्पनीको छ । आफ्ना अघिल्ला संस्करणका स्मार्टफोनको तुलनामा यी स्मार्टफोन आकर्षक र पातलो भएको हुवावेले जनाएको छ । कम्पनीले नोभा थ्री आईको मूल्य ३८ हजार ९ सय तथा नोभा थ्रीको मूल्य ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।