पहिलो विश्व

अजिंगर मसाज

- एजेन्सी


फिलिपिन्सको चिडियाखाना घुम्न आउने पर्यटकहरूले उक्त चिडियाखानाको अजिंगरबाट मसाजको सुविधासमेत प्राप्त गर्ने भएका छन् । फिलिपिन्सको डाभोआ सहरस्थित उक्त चिडियाखानाले पर्यटकहरूलाई आनन्दित तुल्याउन ५० किलोग्राम तौलको बर्मिज अजिंगरवाट मसाजको सेवा प्रदान गर्न थालेको छ । 

उक्त अजिंगरको चिसो शरीर, ठिक्कको तौल र शरीरमा घिस्रेर जाँदा आउने आनन्द पर्यटकहरूले समेत महसुस गरून् भनेर उक्त सेवा प्रारम्भ गरिएको हो । 

मानिसहरूसँग सजिलै घुलमिल हुने बर्मिज अजिंगरबाट मालिस गराएबापत चिडियाखानाले २ सय रुपैयाँ शुल्क लिने गरेको छ । 

प्रकाशित: श्रावण १९, २०७५