पहिलो विश्व

बूढी औंलाको कुस्ती

- साप्ताहिक संवाददाता


कुस्तीका नयाँ–नयाँ शैलीले लोकप्रियता पाइरहेको सन्दर्भमा चीनमा हालै खुट्टाको बूढी औंलाको कुस्ती प्रतियोगिता सम्पन्न भयो ।

मनोरञ्जक खेलका रूपमा देखिएको बूढी औंलाको कुस्तीले कुनै दिन ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूप धारण गर्ने अपेक्षा गरिएको छ । चीनको चोङक्विन सहरस्थित एउटा वाटर पार्कले उक्त प्रतियोगिताको आयोजना गरेको हो । खुला स्पर्धाका रूपमा सञ्चालित उक्त प्रतियोगिता जित्ने खेलाडीहरूलाई वाटर पार्कको टिकट नि:शुल्क प्रदान गरिएको थियो । 

प्रकाशित: श्रावण १८, २०७५