पहिलो विश्व

बाक्लो केशका दिवाना

- एजेन्सी


सन् २०१७ को डिसेम्बर महिनामा जापानमा जन्मिएका एक बालिका आफ्नो बाक्लो केशकै कारण चर्चामा छिन् । जन्मिदै बाक्लो केश लिएर जन्मिएकी चान्कोको केश देखेर स्वयं उनकी आमा पनि छक्क परेकी थिइन् । उनकी आमाले उनको केश यत्तिको बाक्लो छ भनेर चान्कोका तस्बिर इन्स्टाग्राममा अपलोड गर्न थालिन् ।

इन्स्टाग्राममा चान्कोको बाक्लो केशबाट मानिसहरू यति आकर्षित भए कि एकाउन्ट खोलेको ६ महिनामै उक्त एकाउन्ट्सका फलोअर्सको संख्या ४० हजार पुगेको छ । अहिले पनि चान्कोका कुनै पनि तस्बिरमा १० हजारभन्दा बढी लाइक आउने गरेको छ । उनको घना केश देखेर चिकित्सकहरू समेत आश्चर्यचकित छन् । 

 

प्रकाशित: श्रावण १७, २०७५