पहिलो विश्व

आयो जेली नेल

- साप्ताहिक संवाददाता


फेसनको कुनै समय हुँदैन । यो पल–पलमा परिवर्तन भैरहन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका फेसनका पछिल्ला ट्रेन्डहरूले देखाउँदै आएका छन् । अझ सामाजिक सञ्जाल प्रतिदिन बलियो हुँदै गएपछि फेसनले पलभरमै अन्तर्राष्ट्रिय लोकप्रियता पाउँन थालेको छ । 

गत साता आँखीभौंलाई बगैंचा र माछाको आकृतिमा सजाउने फेसन रातारात विश्वभर फैलियो । यो फेसनले लोकप्रियता पाइरहेको अवस्थामै अहिले जेली नेलले समेत लोकप्रियता पाउन थालेको छ । 

केली जेनरले गुलाबी रंगको जेली नेललाई सामाजिक सञ्जालमा अपलोड गरेपछि विश्वभरका युवतीहरूको ध्यान अकस्मात उक्त जेली नेलतर्फ आकर्षित भएको थियो । तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएको केही क्षणमै ४ हजारभन्दा बढी युवतीले उक्त जेली नेलका बारेमा सोधखोज गरेको बताइन्छ । 

प्रकाशित: श्रावण १६, २०७५