पत्याउनु हुन्छ?

एउटा साबुनको मूल्य

- साप्ताहिक संवाददाता


हामीले नुहाउने एउटा साबुनको मूल्य कतिसम्म होला ? हामीमध्ये धेरैको जवाफ हुन सक्छ— बढीमा १० हजार रुपैयाँ । यद्यपि लेबनानमा परफ्युमयुक्त साबुनको पारिवारिक व्यवसाय गर्ने एक व्यवसायीले यस्तो साबुन तयार पारेका छन्, जसको मूल्य २ लाख ९० हजार रुपैयाँछ । 

उक्त साबुनमा केही औषधीजन्य बिरुवाका अवशेष तथा सुगन्धित तेलहरू त प्रयोग भएकै छ, साथसाथै ७ ग्राम हिराको धूलो एवं १४ ग्राम सुनको धूलोसमेत प्रयोग गरिएको छ । आफ्नो परिवारको नाम सार्वजनिक गर्न नचाहने उक्त व्यापारिक घरानाले हत्केलामा राख्न सकिने यो साबुनलाई कतारकी प्रथम महिलाको आग्रहमा तयार पारिएको दाबी गरेको छ । उक्त साबुन ती प्रथम महिलाले खरिदसमेत गरिसकेको बताइएको छ ।

प्रकाशित: श्रावण १४, २०७५