खेलकुद

हट फ्यानको चर्चा

- साप्ताहिक संवाददाता


रूसमा सम्पन्न विश्वकपमा विभिन्न देशका हट तथा ग्ल्यामरस महिला प्रशंसकहरूले धेरैको ध्यान ताने । विश्व चर्चित फुटबलरहरूका ग्ल्यामरस श्रीमती तथा प्रेमिका मात्र होइनन्, विभिन्न देशका मोडल एवं सामान्य दर्शकका विभिन्न हर्कतले पनि चर्चा पाए । कति सम्म भने टेलिभिजन क्यामेराहरू पनि उनीहरूतर्फ सोझिने भएकाले फिफाले दर्शकको साटो स्टेडियमको खेलतिर क्यामेरा तेस्र्याउन सार्वजनिक सूचना नै जारी गर्‍यो । 

विभिन्न सञ्चारमाध्यमहरू अहिले विश्वकपका टप हट फ्यानको चर्चा गरिरहेका छन् । उनीहरूमध्ये धेरैले यसको सूची नै बनाउन थालेका छन् । यसमा मेक्सिकोको एक टिभी च्यानलकी वेदरगर्ल यानेट ग्रासियाका साथै अरू धेरै जना अटाएका छन् । यानेटले आफ्नो फुटबल टिम विजयी बन्ने विश्वासमा पछाडिबाट लात खाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । यानेटको उक्त स्टन्ट निकै चर्चित भयो । 

विश्वकपकै समयमा रूसकी सुपरहट फ्यान नताल्या निमचिनोभा आफ्नो सुन्दरताका कारण चर्चामा आइन् । उनी पोर्नस्टार हुन् भन्ने तथ्य सार्वजनिक भएपछि उनको चर्चा थप चुलियो । क्रोएसियाकी इभाना नोल्स आफ्नो सिग्नेचर स्टाइलका कारण मिडियाको नजरमा चढिन् । 

क्रोएसियाका प्रत्येक खेलमा उपस्थिति जनाउने इभानाको स्टाइल सधै चर्चामा रह्यो । यस क्रममा विश्वकपकै ब्रान्ड एम्बेसडरको चर्चा त झन् नहुने कुरै भएन । विश्वकपका लागि रूसी मोडल भिक्टोरिया लोपिरेभालाई ब्रान्ड एम्बेसडर बनाइएको थियो । भिक्टोरिया आफ्नो शौख र सुन्दरताका कारण चर्चित भइन् । सन् २०१४ मा गोल्डन बुट जितेका कोलम्बियन सुपरस्टार जेम्स रोड्रिगेज आफ्नी सुन्दर गर्लफ्रेन्ड हेल्गा लभकाटीका कारण रूसमा चर्चामा आए । 

प्रकाशित: श्रावण ५, २०७५