विकेन्ड
सिसा लाउन्जमा ब्लुज गीत
ब्लुज गीतका पारखीहरूका लागि भोलि एउटा अवसर जुरेको छ । काठमाडौंका दुई पुराना ब्यान्ड नेवाज तथा टिएमआर ट्रायोले ठमेलको सिसा लाउन्ज एन्ड बारमा लाइभ प्रस्तुति दिँदैछन् ।
दुवै ब्यान्डले ब्लुज गीतहरू सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । बारका सन्तोष श्रेष्ठका अनुसार काठमाडौंका पुरानो ब्यान्डमध्येको एक नेवाजले यहाँ लामो समयदेखी प्रस्तुति दिँदै आएको छ ।
प्रवेश : नि:शुल्क समय : ८ बजे
आयोजक : सिसा लाउन्ज एन्ड बार, चाक्सीबारीमार्ग, ठमेल