बलिउड

शाहरूखकी हट छोरी

- एजेन्सी


अभिनेता शाहरूख खानकी छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्ने चर्चा चल्दै आए पनि अहिलेसम्म उनले कुनै पनि चलचित्रमा काम गर्ने निधो भैसकेको छैन । यसै क्रममा सुहानाले हालै एउटा तस्बिर सार्वजनिक गरेकी छिन्, जुन अहिले इन्टरनेटमा भाइरल भैरहेको छ । 

उक्त तस्बिर हेर्ने धेरैले सुहानाको फिगरको प्रशंसा गरेका छन् । भाइरल तस्बिरमा सुहाना स्टाइलिस बिकिनीमा देखिएकी छिन् । अध्ययन सकिएपछि फुर्सदमा रहेकी सुहानाको यो क्रियाकलापले उनी चलचित्रमा काम गर्न इच्छुक रहेको देखाउँछ । तैपनि चलचित्र आउने–नआउने विषयमा उनले कुनै ठोस निर्णय भने लिइसकेकी छैनन् । 

 

प्रकाशित: श्रावण १, २०७५