Youtube वाच
कहीँ कतैको ट्रेलरमा
केहि दिन अघि पहिलो पोस्टर सार्वजनिक गरेको चलचित्र यूनिटले चलचि ‘कहीँ कतै’को ट्रेलर सार्वजनिक गरेको छ । आगामी साउन २५ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा केहि रोमान्टिक तथा केहि वियोगान्त दृष्यहरु समावेश गरिएको छ ।
सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सोनम बरफुङ्गपा, सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतका कलाकार प्रस्तुत भएका छन् ।
शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
कहीँ कतैको ट्रेलर :