खेलकुद

विश्वकपका केही रोचक क्षण

- साप्ताहिक संवाददाता
 
 
आयोजक नै विजेता भएको विश्वकप
१९३० उरुग्वे
१९३४ इटाली
१९६६ इंग्ल्यान्ड
१९७४ जर्मनी
१९७८ अर्जेन्टिना
१९९८ फ्रान्स
 
विश्वकप धेरै पटक जित्ने राष्ट्र
ब्राजिल ५ पटक
जर्मनी ४ पटक
इटाली ४ पटक
अर्जेन्टिना २ पटक
उरुग्वे २ पटक
फ्रान्स १ पटक
इंग्ल्यान्ड १ पटक
स्पेन १ पटक
 
धेरै पटक फाइनल खेल्ने राष्ट्र
जर्मनी ८ पटक
ब्राजिल ७ पटक
इटाली ६ पटक
अर्जेन्टिना ५ पटक
नेदरल्यान्ड ३ पटक
फ्रान्स २ पटक
उरुग्वे २ पटक
हंगेरी २ पटक
चेकोस्लोभाकिया २ पटक
इंग्ल्यान्ड १ पटक
स्पेन १ पटक
स्विडेन १ पटक
 
पहिलो विश्वकप सन् १९३० मा युरोपबाट सहभागी भएका बेल्जियम, फ्रान्स, रोमानिया तथा युगोस्लाभियाका खेलाडीहरूले पानीजहाजबाट आफ्नो यात्रा तय गरेका थिए । उक्त प्रतियोगितामा पेरु, अमेरिका, पराग्वे, चिली, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, बोलिभिया तथा उरुग्वेले समेत सहभागिता जनाएका थिए । 
ब्राजिलका जेरजिन्हो विश्वकपको फाइनल चरणका सबै खेलमा गोल गर्ने एक मात्र खेलाडी हुन् । सन् १९७० को विश्वकप ब्राजिललाई दिलाउने क्रममा उनले सबै खेलमा गोल गरेका थिए । 
 
कसलाई कति पुरस्कार
विजेता ४ अर्ब ६ करोड ६० लाख रूपैयाँँ
उपविजेता ३ अर्ब रूपैयाँ
तेस्रो टिम २ अर्ब ५७ करोड ६० लाख रूपैयाँ
चौथो टिम २ अर्ब ३६ करोड ८० लाख रूपैयाँ
क्वाटरफाइनल हार्ने टिम १ अर्ब ७१ करोड २० लाख रूपैयाँ
प्रिक्वाटरफाइनल हार्ने टिम १ अर्ब २९ करोड ६० लाख रूपैयाँ
लिग चरण हार्ने टिम ८६ करोड ४० लाख रूपैयाँ
विश्वकपमा सर्वाधिक चाँडो गोल गर्ने खेलाडीमा हाकन सुकर हुन् । सन् २००२ को विश्वकपमा दक्षिण कोरियाविरुद्ध टर्कीका सुकरले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । 
सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी मेक्सिकोका एन्टोनियो कार्बाजल, जर्मनीका लोथार म्याथुएस तथा इटालीका गोलकिपर जियानलुगी बुफोन हुन् । उनीहरूले लगातार ५ वटा विश्वकप खेलेका थिए ।
प्रकाशित: असार २५, २०७५