मनोरञ्जन समाचार

अभिनेत्री आँचल शर्माका पाँच गल्ती

- साप्ताहिक संवाददाता


१.
 कक्षा ८ मा पढ्दा आइरनले निधारमा पोलेको थिएँ जसले गर्दा बुबाले एक झापड हान्नुभयो । 
२.
 कक्षा १० मा पढ्दा एसेम्ब्ली गर्न मन नलागेर पेट दुखेको बहाना बनाउँदा सरले पिट्नुभएको थियो । 
३.
 बुबाले चिसापानी हाइकिङ न’जा भन्दै हुनुहुन्थ्यो, तैपनि म बुबाको कुरा नमानी साथीहरूसँग गएकी थिएँ । त्यो हाइकिङका क्रममा चिप्लिएर लड्दा मेरो खुट्टाको लिगामेन्ट च्यात्तिएको थियो । 
४.
 सानोमा स्कुल जान नमान्दा शिक्षकले भुत्ल्याउनुभएको थियो । 
५.
 म क्लासमा सधैँ प्रथम हुन्थेँ तर एसएलसी अघिको परीक्षा(टेस्ट)लाई मैले खासै गम्भीर रूपमा नलिँदा चौथो भएँ, जसले गर्दा बुबाममीको गाली खाएँ । 

 

प्रकाशित: असार २२, २०७५