बलिउड
श्रीदेवी बन्दै दीपिका
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको अन्तिम चलचित्र ‘जिरो’ चाँडै प्रदर्शनमा आउँदैछ भने श्रीदेवी अभिनित हिट चलचित्रको रिमेक समेत बन्ने भएको छ, जसको निर्माणको तयारी प्रारम्भ भैसकेको बताइन्छ ।
श्रीदेवीको कुन हिट चलचित्रको रिमेक बन्दैछ भन्ने विषयमा केही बताइएको छैन, तर बन्न लागेको चलचित्रका लागि अभिनेत्रीको छनौट भने भैसकेको छ । खबर अनुसार उक्त रिमेकमा दीपिका पादुकोणले अभिनय गर्ने पक्का छ । दीपिका हिट चलचित्र पद्मावतपछि अन्य कुनै चलचित्रमा देखिएकी छैनन् ।
उक्त चलचित्रपछि इरफान खानसँग सपना दिदीमा काम गर्ने पक्का भए पनि इरफानको स्वास्थ्य अवस्था नाजुक भएपछि त्यसको निर्माण स्थगित भएको छ । यही फुर्सदमा राम्रो चलचित्र खोजिरहेका बेला श्रीदेवी अभिनीत हिट चलचित्रको रिमेकमा दीपिका फाइनल भएकी हुन् कि होइनन् भन्ने विषयमा उनले स्वयं भने केही बताएकी छैनन् ।