समाचार

साउनमा पिरिम पर्‍या छन्

- साप्ताहिक संवाददाता


कमेडी चलचित्र ‘पिरिम पर्‍या छन्’ को पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र साउन २५ गते प्रदर्शनमा आउने पक्का भएको बताइएको छ । 

चलचित्र  पुरन थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाकै लेखन रहेको यो चलचित्रमा दिलीप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको सार्वजनिक पोस्टरमा शिर्ष कलाकारलाई देखाइएको छ ।

प्रकाशित: असार २०, २०७५