Youtube वाच

ए सोल्टिनीको शीर्ष गीत

- साप्ताहिक संवाददाता

 

आउँदो असार १५ बाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ए सोल्टिनी’को शिर्ष गीत सार्वजनिक भएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । निर्देशक निमा लामा तामाङको शब्द/संगीत रहेको एक्र गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् । जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित: असार ९, २०७५