मैदान बाहिर
सबैभन्दा राम्रो जर्सी
विश्वकप खेल्ने प्रत्येक टिमको जर्सी उसका समर्थकहरूका लागि अमूल्य हुन्छ । यस्तोमा अहिले विश्वकपमा सहभागी ३२ टिमकै जर्सी ठूलो संख्यामा बिक्री भैरहेको छ । यीमध्ये सबैभन्दा राम्रो जर्सी कुन हुन सक्छ ?
यसको उत्तर यही भन्ने त छैन, तर अहिलेसम्मको बजार हेर्ने हो भने सबैभन्दा उत्कृष्ट भएको छ- नाइजेरियाली जर्सी । त्यसैले यसको माग पनि सबैभन्दा बढी छ । लन्डनमा यो जर्सीको अनलाइन बिक्री केही मिनेटमै सकिएको थियो । नाइकको उक्त उत्पादनको प्रि-अर्डर नै ३० लाखप्रति (पिस) छ । उता नाइजेरियामा नक्कली जर्सी लाखौंको संख्यामा बिक्री भैरहेको छ । नाइजेरियाली जर्सीका डिजाइनर एलेक्स इवाबी हुन् । यो सक्कली जर्सीको अन्तर्राष्ट्रिय बजार मूल्य ९० डलर छ ।