मनोरञ्जन समाचार

रानीमहल पुगिन् निकिता

- साप्ताहिक संवाददाता


सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले डेब्यु गरेको चलचित्र रानीमहलको छायांकन वैशाख २५ देखि पाल्पाको कालीगण्डकी नदी किनारमा अवस्थित प्रेमको प्रतीक रानीमहल दरबार परिसरमा भैरहेको छ ।

निकिता हालसम्म मोडलिङ तथा र्‍याम्प वाक मै केन्द्रित रहँदै आएकी थिइन् । यसअघि उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीलाई अनुबन्धित गरिएको थियो, तर उनले चलचित्रबाट हात झिकेपछि निकिता भित्रिएकी हुन् । हिमाल न्यौपानेले निर्देशन गरिरहेको चलचित्र रानीमहल अमर प्रेमकथामा आधारित हुने बताइएको छ । यसमा प्रेमका अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गर्न लागिएको प्रोडक्सन डिजाइनर गणेश सापकोटाले बताए । रानीमहलको नायकको भूमिकामा पनि यसअघि अनुबन्धित प्रशान्त ताम्राकारको सट्टा अर्जुनजंग शाही तथा प्रितम राज छानिएका छन् । 

 

प्रकाशित: जेष्ठ २१, २०७५