विकेन्ड
फेरि उठ्नेछ नेपाल
मुक्ति एन्ड रिभाइभल, रोबिन एण्ड एन्ड द न्यू रिभोलुसन, द स्याडोज्, अनुप्रस्त, नेवाजजस्ता चर्चित रक ब्यान्डहरू मिलेर बनेको नयाँ ब्यान्ड हो, प्रोजेक्ट वन । पोजेटिभ भाइब्सका विवेक कायस्थ यसका संस्थापक हुन् । आज शनिबार प्रोजेक्ट वनको लाइभ म्युजिक प्रस्तुत हुँदैछ ।
कलाकार : मुक्ति शाक्य, रोबिन तामाङ, स्वप्निल शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, निखिल उप्रेती ।
स्थान : जावलाखेल फुटबल ग्राउण्ड
टिकट : ५ सय, १ हजार, १ हजार ५ सय रुपैयाँ (विद्यार्थीहरूलाई विशेष छुट )
समय : ४:४५ देखि ८:४५ सम्म