विकेन्ड

श्रीलंकन फुड फेस्टिभल

- साप्ताहिक संवाददाता


तपाईं नयाँ–नयाँ स्वादको पारखी हुनुहुन्छ र रेस्टुराँ चहारिरहनुहुन्छ ? त्यसो हो भने शुक्रबारदेखि ९ दिनसम्म श्रीलंकन राजदूतावासले होटेल याक एण्ड यतिसँग सहकार्य गरेर फुड फेस्टिभलको आयोजना गर्दैछ । जहाँ श्रीलंकाका परम्परागत परिकारहरु चाख्न सकिनेछ । खासगरी मसालेदार समुद्री माछाहरुको परिकारका लागि श्रीलंका धनी मानिन्छ । 

स्थान : होटेल याक एण्ड यति, दरबारमार्ग
प्रबेश शुल्क : २ हजार ५ सय रुपैंयाँ
आयोजक : श्रीलंकन राजदुताबास 

 

प्रकाशित: जेष्ठ १३, २०७५