विशेष

विदेशमा फेसन शो गर्नेछु

यो वर्ष ऋणमुक्त हुँदैछु

- साप्ताहिक संवाददाता

विदेशमा फेसन शो गर्नेछु 

आरडी चाहत बुटिकको नयाँ शोरुम खोल्ने ।
लन्डन तथा अमेरिकामा फेसन शो गर्ने ।
नेपाली फेब्रिकको प्रमोशनका लागि आफ्नै पहलमा प्रदर्शनी गर्ने ।
शाकाहारी जीवन बाँच्ने ।
धुम्रपान छुदै नछुने ।

                                                              राजेश धाक्वा, फेसन डिजाइनर

यो वर्ष ऋणमुक्त हुँदैछु 

सबैभन्दा ठूलो कुरा २०७५ मा म ऋणमुक्त हुनेछु ।
स्वास्थ्यमा ध्यान दिनेछु अनि तौल घटाउँछु ।
मासु पनि कम खाँदै २०७६ सम्ममा पूर्णत: साकाहारी हुनेछु ।
 हामीले व्यवसायिक तालिम केन्द्रबाट बर्सेनि ५०–६० जना कालीगढ उत्पादन गरिरहेका छौं । अबको वर्ष २ सय ५० जना कालिगड उत्पादन गर्नेछौं । 
२०७५ सालमा पुस्तक लेखन प्रारम्भ गर्नेछु ।

                                                        रवीन्द्र पुरी, सम्पदा संरक्षणकर्मी

प्रकाशित: वैशाख ५, २०७५