अब हाम्रो पालो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई के सुझाव दिनुहुन्छ ?

- साप्ताहिक संवाददाता


उखान–टुक्का सुनाएर जनता हँसाउनुको सट्टा देश विकासतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।
मिलन बोहरा

आफ्नो क्षमताले बनेका प्रमलाई पो सुझाव दिनु, उपहारमा पद पाउनेलाई के भन्नू ? उनलाई त प्रचण्डले पो प्रम बनाएका । प्रचण्ड आफैंले भनेको कुरा हो यो । 
कमन ब्वाय अर्जुन

काम बढी, कुरा कम गर्नुहोस् । 
पुष्पराज चम्लागाईं 

अब देश निर्माणमा अघि बढ्न सबैलाई समेट्नुपर्छ । 
१. भूकम्पले भत्काएका हाम्रा सार्वजनिक सम्पत्ति तथा जनताका घर पुनर्निर्माणमा लाग्नुहोस् ।
२. खेलमैदान चाँडै निर्माण गरी खेलाडीहरूको मासिक तलब वृद्धि गर्नुहोस् ।

३. सडक, बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्जस्ता पूर्वाधार चाँडै ठाउँमा पुगोस् । 

४. युवा स्वरोजगारीका निम्ति विभिन्न सीपमूलक तालिम सञ्चालन होस् । 
५. भ्रष्टाचार गर्नेहरूलाई पदमुक्त गरी कारबाही गरियोस् ।
६. महिला विभेद अन्त्य गरी दाइजो, देउकी तथा छाउपडी आदि प्रथाको पूर्णत: अन्त्य होस् ।
७. कृषिक्षेत्रलाई विषादीमुक्त बनाइयोस् । 
८. लागूऔषधमा बन्देज गरियोस् ।
९. प्रहरी, प्रशासन, बैंक, मालपोत, अस्पताल तथा लोकसेवा आयोगले नातावाद–कृपावादबिना काम गर्ने कानुन बनाइयोस् ।
होमराज न्यौपाने

कामभन्दा गफ बढी दिने हो भने देशको विकास त त्यस्तै हो, कार्यकर्ताको विकासचाहिँ दर्‍हैसँग हुन्छ ।
प्रकाश निरौला 

नकारात्मक पक्षलाई तह लगाउन जति क्रूर बन्नुपरे पनि बन्नुहोस्, तर देशमा सुशासन सुरु होस् । त्यस्तो काम गर्न सक्ने दम छैन भने गफ मात्र नदिनुहोला ।
प्रेम श्रेष्ठ

जनताले सुशासनको अनुभव गर्न सकून् । मन्त्रिपरिषद विस्तार गर्दा युवा, पढेलेखेका तथा सक्षमहरूलाई स्थान दिऊँ । आफ्नालाई होइन, राम्रालाई रोजौं ।
हिमाल खड्का

प्रधानमन्त्री भएदेखि उखान–टुक्का सुन्न पा’छैन, यसो एक–दुई उखान–टुक्का हानेर मजस्ता सिङ्गलहरूलाई हँसाइदिनुपर्‍यो । 
देवसिंह बोहरा

वरिपरि, छेउछाउ, तलमाथि तथा सँगसँगै भ्रष्टाचार गर्ने–गराउनेहरू छन्, भ्रष्टाचार गर्दिनँ नभन्न सुझाव छ । आखिर यो क्रम न रोकिन्छ, न रोकिएकै छ ।
प्रदीप कार्की 

क्रिकेट राष्ट्रकै गौरव बन्दैछ । कम्तीमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तत्काल बनाउनुहोला । 
सुमन बान्तवा राई

सबैभन्दा पहिले त हाम्रा चेलीबेटीहरूको सुरक्षा हुनुपर्‍यो । दिनहुँ बलात्कारको समाचार मात्र सुन्नुपर्छ । बलात्कार गर्नेहरूलाई कडा सजाय हुनुपर्‍यो । 
सेन लिम्बू

न्यायपूर्ण राष्ट्र निर्माण होस् । अपराधी तथा हत्याराहरूलाई कठघरामा उभ्याइयोस् । बोलेर भन्दा काम गरेर समृद्ध नेपाल निर्माण गरियोस् । भ्रष्टाचार निर्मूल होस् ।
प्रकाश क्षेत्री

उखान–टुक्का भनेर होइन, राम्रो काम गरेर जनतालाई हँसाउने काम गर्नुहोस्, आफ्नो प्रशंसा आफै गर्दै नहिंड्नुहोस् । तपाईंले गरेको कामको मूल्यांकन जनताले गर्नेछन् ।
केवल उपरकोटी

देशले खोजेजस्तो राजनेता बन्नुभएको छ । जनताले के खोजिरहेका छन् बुझ्नुहोस् । जनताको विश्वासको पर्खाल कहिल्यै नभत्काउनुहोस् । 
समपर्ण सन्देश 

देशमा यस्तो सिस्टम ल्याउनुहोस् कि भ्रष्टाचार गर्ने कुनै ठाउँ नरहोस् र जति पनि भ्रष्ट कर्मचारी छन् सबैलाई बर्खास्त गर्नुपर्‍यो ।
अनिल चौधरी

जुन जोगी आए पनि कानै चिरिएका ।
सुनिल खवास

पाँच वर्षसम्म मन्त्रिमण्डल परिवर्तन नहोस् ।
निरन 

बिजुलीको गतिमा काम गर, विदेश घुम्ने अनि भाषण गर्ने होइन ।
इफ्तिखार आलम

प्रकाशित: चैत्र १७, २०७४