टिप्स

कब्जियतको समाधान

- लोकनाथ खनाल
 
 
 
 
घरमा होस् वा हाम्रो वरिपरि सजिलै पाइने केही चिज यस्ता छन् जसले ग्याँस तथा कब्जियतको समस्या सहजै ठीक पार्छन् । 
 
किसमिसमा प्रशस्त मात्रामा फाइबर (रेशा) पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाँदा कब्जियत ठीक हुन्छ । 
 
आलस पनि ग्याँस तथा कब्जियतमा उपयोगी सावित हुन्छ । आलस त्यसै चपाएर खान सकिन्छ । यसको चूर्ण बनाएर तातो पानीसँग खान सकिन्छ । आलसमा फाइबरका साथै ओमेगा थ्री आदि पाइन्छ । 
 
नियमित सुन्तला खाँदा पनि कब्जियतबाट छुट्कारा पाइन्छ । सुन्तला खाँदा त्यसको केस्राको सेतो रेशा पनि खानुपर्छ । सुन्तलामा भिटामिन सी, फाइबर आदि तत्व पाइन्छ । 
 
मेथीको चूर्ण (पाउडर) मा कालो नुन मिसाएर खाँदा कब्जियतको समस्या समाधान हुन्छ । 
 पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेटसमेत हल्का बनाउँछ । 
 
कब्जियत हटाउन पालकको रसमा पानी मिसाएर खाँदा लाभ मिल्छ । 
त्रिफला चूर्णको प्रयोग कब्जियतका लागि लाभदायक छ ।
                                                                                              योग प्रशिक्षक, 
                                                                                          पतञ्जली योग समिति
प्रकाशित: चैत्र १३, २०७४