पहिलो विश्व
योगी पाइलट
२५ वर्षीया स्वीडिस पायलट मारिया फागेस्ट्रोमको सौख भनेको योग गरिरहेको पोजमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा अपलोड गर्नु हो । केनरी आइल्यान्डमा बसेर व्यवसायिक विमान चलाउने मारिया यात्राका क्रममा जहाँ–जहाँ पुग्छिन् त्यहाँको आकर्षक ब्याकग्राउन्डमा योगका विभिन्न मुद्रामा तस्बिर खिचाउँछिन् । यसरी खिचिएका तस्बिरलाई उनी मुख्यतया: इन्स्टाग्राममा अपलोड गर्छिन् । उनको इन्स्टाग्राम एकाउन्टलाई करिब ३ लाख ७५ हजारले पच्छयाएका छन् । विमान चालक बुबाको प्रेरणामा बोइङ विमान उडाइरहेकी मारिया भन्छिन्– फोटोग्राफी मेरो सौख पनि हो ।मैले आफ्नो इन्स्टा एकाउन्टलाई व्यक्तिगतभन्दा पनि सामूहिक बनाउन यात्राका क्रममा खिचिएका तस्बिरहरू अपलोड गरेकी हुँ ।