अब हाम्रो पालो

प्रेमको मात ठूलो कि धनको मात ?

- साप्ताहिक संवाददाता


प्रेमको मात र धनको मात त थाहा भएन हजुर । साइँलीको भट्टीमा चिरिप्प पारेको कोदाको झोलको मातचैं गजब हुने रै’छ ।
प्रवेश थापा

मात ठूलो त बोत्तलको पानीकै होला नि † यसको मात लाग्दा न धन हुन्छ, न साथ, न त प्रेम आसपास हुन्छ ।
हेमन्त थापामगर

हिजोआजको सम्बन्ध धनमा खरिद–बिक्री हुने हुँदा धनको मात ठूलो हो ।
मनिस श्रेष्ठ

आ–आफ्नो ठाउँमा दुवै मात ठूलो ।
युरिकराज नेपाली

चामलको भात । बिहान–बेलुका नखाई नहुने भएकाले । 
सुसन गुरुङ

मात त रक्सीको ठूलो नि ।
प्रकाश

दुवै ठूलो नि । यो र त्यो भन्न सकिँदैन । 
तुलसा

धनको ।
केशवबाबु अधिकारी 

धनको मात ठूलो । 
बिपिन केसी

प्रेमको मात ठूलो हो नि । किनभने यसको मातमा मानिसहरू ज्यानसम्म दिन पछि पर्दैनन् ।
शिशिर आङ्देम्बे

‘मात’ चाहिं होइन, कसको महत्त्व ठूलो ? त्यो पो हो कुरा । 
पाङ्ग्यकहाङ याक्थुङ

धनको मात ठूलो । 
लाटी

यो त परिस्थितिअनुसार हुन्छ । 
सुदीप मोक्तान

मात प्रेमको होस् वा धनको होस्, हानिकारक नै हुन्छ । अहिलेको अवस्थामा मुना–मदनको जस्ता चोखो प्रेमभन्दा पैसामा उम्लिएका करोडपतिहरूको प्रेमको मात ठूलो ।
रूपेश ढकाल

दुवै कम छैनन् । यहाँ पहिले मानिसहरू कंगाल हुने गरी प्रेम गर्छन् अनि जुनसुकै बेला पनि त्यही प्रेमलाइ लिलाम गर्न तयार हुन्छन् ।
विनय सापकोटा

हिजोआज धनले प्रेम किन्न थालिसके मानिसहरू । नि:स्वार्थ प्रेम गर्नेहरू त विरलै भेटिन्छन् यहाँ । यी दुवै जीवनका अभिन्न आवश्यकता हुन् । मलाई चैं धन र प्रेम एउटै सिक्काका दुई पाटा हुन् जस्तो लाग्छ ।
खुश्बु खड्का

यो त मानवीय स्वभाव हो । कसैले प्रेम प्राप्त गर्न धन प्रयोग गर्छन् अनि कसैले धन पाउन प्रेमको । अब त्यसलाई मात भन्ने कि उनिहरूको विवशता ?
रोहन राना

दुवैको बराबर मात हुन्छ । 
सागर

अनुभव भए भन्न सजिलो हुने थियो । मसँग दुइटैको अनुभव छैन । 
अनु

खै, थाहा भएन । 
राजेश बराल

मात दुवैको ठूलो हुन्छ । तीमध्ये पनि धनको मात अलिक बढी हो कि जस्तो लाग्छ, किनभने यदि प्रेमको मात भयो भने धनको पनि मात हुन्छ, तर धनको मात भएका सबैमा प्रेमको मात हुन्छ भन्ने हुँदैन ।
बराल सरकार

मात त प्रेमको लाग्छ, किनभने यसले मनलाई मात्र हेरेको हुन्छ ।
राधा

प्रेमको मात, जसले पलभरको वा आवेगको निर्णयले हर कुरा त्याग्न वा अँगाल्न सक्छ ।
बत्तीमुनिको अँध्यारो

प्रेम छ त सब छ, धनको तुलनामा ।
कैलाश

धनको मात ठूलो हजुर । 
रविन कोइराला 

दुवै कुराको महत्व छ । 
अविनाश केसी

प्रेमको मात ठूलो । 
रेनुका चौधरी

मातकै कुरा गर्ने हो भने त रक्सीको मात ठूलो । 
संगीत

यदि प्रेम भयो भने सबै कुरा हुन्छ । धनको तुलनामा प्रेमकै मात ठूलो । 
कालीप्रसाद 

प्रेमको मातले हरेक कुरा त्याग्न र अँगाल्न बाध्य बनाउँछ । 
दीपेन्द्र

 

प्रकाशित: चैत्र २, २०७४