टिप्स

अरुचि हटाउन भोक बढाउन

- लोकनाथ खनाल

पेटको अग्नि कमजोर भएपछि खाना पच्दैन र खाना रुचिकर समेत हुँदैन । 

खाएको खाना राम्रोसँग पचेन भने भोक लाग्दैन र त्यसको स्वाद पनि पाइँदैन । 

हर्रोको चूर्ण र सुठो सख्खर वा सिधे नुनसँग खाँदा मन्दाग्नी ठीक भएर भोक बढ्छ । 

बिरेनुन अर्थात् कालोनुन चाट्दा ग्याँसको समस्या हट्छ, भोक बढ्छ र पेट सफा हुन्छ । 

हर्रो एवं सुठोको चूर्ण तथा सख्खर मोहीमा मिसाएर खाँदा भोक बढ्छ र पेटको समस्या समाधान हुन्छ । 

दैनिक स्याउ खाँदा भोक बढ्छ भने रगत शुद्ध अनि पेट सफा हुन्छ । 

ज्वानोको पाउडरमा सिधेनुन मिसाएर बिहान मनतातो पानी पिउँदा भोक बढ्छ भने बाथ रोगमा पनि फाइदा हुन्छ । 

जायफल चूर्ण १ ग्राम महसँग चाट्दा मन्दाग्नि हटेर पाचन अग्नि प्रबल हुन्छ । 

कागतीको रस पानीसँग खाँदा भोक बढ्छ । 

खाना खानुभन्दा पहिले अदुवा र सिधेनुन खाँदा भोक बढ्छ ।
प्रकाशित: फाल्गुन २९, २०७४