स्वास्थ्य

झाडापखालाका बारेमा

- साप्ताहिक संवाददाता
 
गर्मी मौसममा ब्याक्टेरियल डायरियाको प्रकोप देखिएजस्तै अहिलेको मौसममा पनि भाइरल डायरियाको समस्या सिर्जना हुनसक्छ । 
 
यस्तो मौसममा रोटा तथा नोरो भाइरसका कारणले झाडापखाला लाग्छ । बालबालिका तथा युवामा यस्ता समस्या उत्तिकै मात्रामा देखा पर्छन् । 
 
दूषित पानी, बासी खानेकुरा तथा सरसफाइको कमीका कारण झाडापखाला लाग्छ । 
 
त्यसैले सरसफाइ तथा खानपानमा ध्यान पुर्‍याउनुपर्छ । 
 
बासी तथा खुल्ला राखिएका खानेकुरा एवं दूषित पानी सेवन गर्नु हुँदैन । झाडापखाला लागे जीवनजल सेवन गर्नुपर्छ । 
प्रकाशित: फाल्गुन ७, २०७४